बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो#नेपाल बार एसोसिएसन#अध्यक्ष प्राडा. विजयप्रसाद मिश्र#मन्त्री सोविता गौतम#मेलमिलापकर्ता#न्यायाधीश#दुर्घटना #कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो#नेपाल बार एसोसिएसन#अध्यक्ष प्राडा. विजयप्रसाद मिश्र#मन्त्री सोविता गौतम#मेलमिलापकर्ता#न्यायाधीश#दुर्घटना
समाचार अर्थतन्त्र विदेश

अमेरिकाले भारतविरुद्ध भोलिदेखि २५ प्रतिशत कर लगाउँदै

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, १० भदौ, २०८२ मा प्रकाशित
अमेरिकाले भारतविरुद्ध भोलिदेखि २५ प्रतिशत कर लगाउँदै
काठमाडौं, भदौ १० :

अमेरिकाले भोलि (अगस्त २७) देखि भारतीय आयातमा थप २५ प्रतिशत भन्सार कर लगाउने तयारी गरेको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पको नयाँ कार्यकारी आदेशअन्तर्गत यो कदम चालिएको हो ।

अमेरिकाले भारतले रुसबाट निरन्तर तेल खरिद गर्नु राष्ट्रिय सुरक्षाको लागि चिन्ताको विषय भएको बताउँदै आएको छ ।

अमेरिकी गृह सुरक्षा विभागले भन्सार तथा सीमा सुरक्षामार्फत सार्वजनिक सूचना जारी गर्दै यो नयाँ भन्सार करको बारेमा जानकारी दिएको छ ।

ट्रम्पको यो कदमको उद्देश्य रुससँग अझै पनि व्यापार सम्बन्ध कायम राख्ने देशहरूमाथि दबाब बढाउनु हो । अगस्तमै ट्रम्पले भारतीय आयातमा कुल भन्सार कर दर दोब्बर गरी ५० प्रतिशत पुर्‍याएका थिए । त्यसको लगत्तै भारतको विदेश मन्त्रालयले प्रतिक्रियामा यो कार्य अनुचित रहेको बताएको थियो ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार