शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
समाचार बागमती प्रदेश

यँयाः का लागि यःसिं लिन मानन्धर समुदायका अगुवा वन प्रस्थान [फोटो फिचर]

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, ९ भदौ, २०८२ मा प्रकाशित
यँयाः का लागि यःसिं लिन मानन्धर समुदायका अगुवा वन प्रस्थान [फोटो फिचर]
काठमाडौं, भदौ ९ :

यस वर्षको यँयाः अर्थात् इन्द्रजात्राका लागि ‘यःसिं’ लिन मानन्धर समुदायका अगुहरु वन प्रस्थान गरेका छन् ।

प्रत्येक वर्ष झैं यस वर्ष आज यंलाथ्व दुतिया (भदौ ९ गते) सोमबारको दिन केन्द्रीय मानन्धर संघका पदाधिकारीसहित मानन्धर समुदायका विभिन्न टोलका मानन्धर प्रतिनिधि, गुथि संस्थान, शार्दूल जंग गुल्म (गुरुजुको पल्टन) सहितको टोली वन प्रस्थान गरेका हुन् ।

पञ्चाङ्ग निर्णायक विकास समितिद्वारा दिइएको साइतअनुसार आज बिहान ठीक ९:४६ को साइतमा हनुमानढोकाको मूल ढोकाबाट बाहिरिएर वन प्रस्थान गरेका हुन् । आज वन प्रस्थानका लागि संघको अगुवाइमा गएका प्रतिनिधिहरुले आजै राति यस वर्षको यँया (इन्द्रजात्रा) का लागि यःसिं काट्ने अर्थात वृक्ष कर्तन गरिनेछ ।

यस वर्षको यँया (इन्द्रजात्रा) को लागि समिति दिएको साइतअनुसार आज राति ९:३ को साइतमा वृक्ष कर्तन गरिनेछ । यसभन्दा अघि यःसिंका लागि छानिएको सल्लाको रुखमा विधि परम्पराअनुसार कालो बोकोसहित पूजा गरिनेछ ।

त्यसपछि सुनको बन्चरो, चाँदीको बन्चरोले सांकेतिक रुपमा घाउ गरेपछि रुख काट्न सुरु गरिनेछ । आज राति साइत मात्र गरेपछि भोलि बिहानैदेखि यःसिंका लागि छनोट गरिएको रुख काट्न सुरु गरिन्छ भने भोलि नै उक्त यःसिं भक्तपुरको चित्तपोलदेखि तानेर ल्याइन्छ ।

सकेसम्म भोलि बेलुका नसके पर्सिसम्म यःसिं तानेर काठमाडौंको भोताहितिमा राखिनेछ । यसरी भोताहितिमा राखिएको यःसिं यंलाथ्व अस्तमि (कायाःस्तमि) को दिन बिहान ९:५२ को साइतमा तानेर नगर प्रवेश गराइन्छ ।

इन्द्रजात्राका लागि सिङ्गारिँदै वसन्तपुर

भोताहितिबाट तानेर नगर प्रवेश गराइएको यःसिं हनुमानढोका कालभैरव र कागेश्वर महादेवका मन्दिरअगाडि राखिनेछ । त्यसपछि यंलाथ्व द्वादशी (भदौ १९ गते) बिहीबार बिहान १०:३१ को शुभ साइतका यःसिं उठाइने इन्द्रध्वजोत्थान गरिने) छ । यःसिं उठाएपछि काठमाडौंको मुख्य तथा ऐतिहासिक, धार्मिक यँया (इन्द्रजात्रा) औपचारिक रुपमा सुरु भएको मानिन्छ ।

-हेर्नुहोस् थप तस्बिर :

शेयर: Facebook Twitter WhatsApp

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार