बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
अर्थतन्त्र

सुनको भाउ घट्यो, चाँदीको बढ्यो (मूल्यसहित)

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, ९ भदौ, २०८२ मा प्रकाशित
सुनको भाउ घट्यो, चाँदीको बढ्यो (मूल्यसहित)
काठमाडौं, भदौ ९ :

नेपाली बजारमा आज (सोमबार) सुनको मूल्य घटेको छ । चाँदीको मूल्य भने बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन प्रतितोला ३०० रुपैयाँले घटेको छ । चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले बढेको छ ।

हिजो (आइतबार) सुनचाँदी दुवैको मूल्य बढेको थियो । जसअनुसार सुन प्रतितोला २३ सय रुपैयाँ र चाँदी ४० रुपैयाँले बढेको थियो ।

महासंघका अनुसार अघिल्लो कारोबार दिन आइतबार सुनको मूल्य प्रतितोला एक लाख ९७ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । आज (सोमबार)  सुन प्रतितोला ३०० रुपैयाँले घट्दै एक लाख ९७ हजार २०० रुपैयाँ कायम छ ।

यसैगरी चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले बढ्दै २३ सय ५५ रुपैयाँ कायम छ । अघिल्लो कारोबार दिन आइतबार चाँदी प्रतितोला २३ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार