बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो#नेपाल बार एसोसिएसन#अध्यक्ष प्राडा. विजयप्रसाद मिश्र#मन्त्री सोविता गौतम#मेलमिलापकर्ता#न्यायाधीश#दुर्घटना #कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो#नेपाल बार एसोसिएसन#अध्यक्ष प्राडा. विजयप्रसाद मिश्र#मन्त्री सोविता गौतम#मेलमिलापकर्ता#न्यायाधीश#दुर्घटना
विदेश

बेलायतको साउथपोर्टमा भएको छुरा आक्रमणमा २ बालबालिकाको मृत्यु, ९ घाइते

· मंगलबार, १६ साउन, २०८१ मा प्रकाशित
बेलायतको साउथपोर्टमा भएको छुरा आक्रमणमा २ बालबालिकाको मृत्यु, ९ घाइते

काठमाडौँ, साउन १५ः
उत्तरी इङ्गल्यान्डमा सोमबार टेलर स्विफ्ट-थिम गरिएको नृत्य कक्षालाई लक्षित गरी भएको छुरी आक्रमणमा दुई बालबालिकाको मृत्यु भएको र अन्य नौँ जना घाइते भएको स्थानीय प्रहरीलाई उद्धृत गर्दै सिएनएनले जनाएको छ । 

मर्सीसाइड प्रहरीले लिभरपुलको उत्तरमा रहेको साउथपोर्टमा छुरा प्रहारको खबर प्राप्त गरेको बताएको हो । 

मर्सीसाइड प्रहरीको चिफ कन्स्टेबल सेरेना केनेडीले आक्रमणबाट घाइतेमध्ये ६ जना बालबालिका र दुई जना वयस्कको अवस्था गम्भीर रहेको रहेको बताउनुभयो ।  

आक्रमणकारी छुरी लिएर परिसरभित्र पसेको र बच्चाहरूलाई आक्रमण गर्न थालेको प्रहरीले जनाएको छ । 

“आक्रमणमा घाइते भएका वयस्कहरूले बहादुरीपूर्वक बच्चाहरूलाई जोगाउन खोजिरहेका थिए भन्ने हाम्रो विश्वास छ ”, केनेडीले सोमबार साँझ पत्रकार सम्मेलनमा भन्नुभयो । 

आपतकालीन सेवाहरूलाई लगभग ११ः५० को स्थानीय समयमा सहरमा “ठूलो घटना“ भएको खबर आएको थियो । घटनास्थलबाट १७ वर्षीय बालकलाई पक्राउ गरिएको छ । 

“अनुसन्धान प्रारम्भिक चरणमा छ र घटनाको कारण अस्पष्ट छ”, केनेडीले भन्नुभयो । यो घटना आतङ्कवादसँग सम्बन्धित नभएको प्रहरीले यसअघि बताएको थियो ।

घटनाबारे प्रहरीलाई खबर गर्ने स्थानीय व्यवसाय मालिक कोलिन पेरीले उक्त आक्रमण “हरर फिल्मको दृश्य” जस्तै भएको बताउनुभएको छ ।

साउथपोर्टबाट करिब २०  माइल टाढा रहेको लिभरपुलको ’एल्डर हे चिल्ड्रेन’ अस्पताल ट्रस्टले यो घटनालाई “ठूलो घटना” घोषणा गरेको सिएनएनले जनाएको छ । 

“ट्रस्टले यस घटनाको जवाफ दिन अन्य आपतकालीन सेवाहरूसँग सहकार्य गरिरहेको छ र हाम्रा आपतकालीन विभाग हाल अत्यन्त व्यस्त छ”, अस्पतालको वेबसाइटमार्फत प्रकाशित विज्ञप्तिमा भनिएको छ । 

बेलायतका राजा चार्ल्स र उहाँकी पत्नी रानी क्यामिलाले घटनाबाट आफूहरू स्तब्ध भएको बताउनुभयो । 

“साउथपोर्टमा भएको भयानक घटनाको खबर सुनेर मेरी श्रीमती र म स्तब्ध भएका छौँ”, राजा चार्ल्सले सोमबार शाही परिवारको आधिकारिक सामजिल सञ्जालमार्फत साझा गरेको विज्ञप्तिमा भनिएको छ । 

बेलायतका प्रधानमन्त्री कीर स्टारमरले पनि घटनाप्रति प्रतिक्रिया दिँदै सम्पूर्ण देश स्तब्ध भएको बताउनुभएको छ । एजेन्सी
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार