शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#टिपर सञ्चालनमा रोक#सभापति रवि लामिछाने#सर्वोच्च अदालतमा दर्ता#दानबहादुर कार्की#गोकर्णबाट पक्राउ#सुजन तामाङ#एसएसपी दिलीप घिमिरे#जेन्जी नागरिक अभियान#आनी छोइङ डोल्मा#यमपञ्चक#भाइटीका#सुनचाँदी#मूल्यमा उतारचढाव#राष्ट्रपतिसँग सभामुखको भेटवार्ता#कालीगण्डकी करिडोर सडक#सुक्खा पहिरो खस्दा सडक अवरुद्ध#कुकुरसहित प्रहरीको चेकिङ #टिपर सञ्चालनमा रोक#सभापति रवि लामिछाने#सर्वोच्च अदालतमा दर्ता#दानबहादुर कार्की#गोकर्णबाट पक्राउ#सुजन तामाङ#एसएसपी दिलीप घिमिरे#जेन्जी नागरिक अभियान#आनी छोइङ डोल्मा#यमपञ्चक#भाइटीका#सुनचाँदी#मूल्यमा उतारचढाव#राष्ट्रपतिसँग सभामुखको भेटवार्ता#कालीगण्डकी करिडोर सडक#सुक्खा पहिरो खस्दा सडक अवरुद्ध#कुकुरसहित प्रहरीको चेकिङ
राजनीति

राप्रपा फुट्न दिँदैनौं, तर एकलौटी निर्णय स्वीकार्य छैन : महामन्त्री राणा

महाधिवेशनको मुखमा एकलौटी रूपमा नेतालाई हटाउँदा कार्यकर्ता चिन्तित छन्
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, ८ भदौ, २०८२ मा प्रकाशित
राप्रपा फुट्न दिँदैनौं, तर एकलौटी निर्णय स्वीकार्य छैन : महामन्त्री राणा
काठमाडौं, भदौ ८ :

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री धवल शमशेर राणाले पार्टी नेतृत्वलाई आगामी महाधिवेशन प्रभावित पार्ने कुनै पनि कार्य नगर्न आग्रह गरेका छन्।

काठमाडौंमा आइतबार सञ्चारकर्मीसँग कुरा गर्दै राणाले मंसिरमा हुने तय भएको महाधिवेशन समयमै, निष्पक्ष र लोकतान्त्रिक प्रक्रियाबाट सम्पन्न हुनुपर्नेमा जोड दिए।

उनले महाधिवेशनको मुखमा एकलौटी रूपमा नेताहरूलाई हटाउने र स्पष्टीकरण माग्ने जस्ता गतिविधिहरूले देशभरका कार्यकर्तामा चिन्ता बढाएको दाबी गरे। पार्टीभित्रका निर्णयहरू विधि र विधानअनुसार हुनुपर्ने उल्लेख गर्दै उनले नेतृत्वले एकपक्षीय ढंगले निर्णय गर्दा संगठनमा समस्या देखिएको बताए।

‘महाधिवेशन प्रतिनिधि छनोट प्रक्रिया सबै पक्षका लागि सहज र बाधारहित हुनुपर्छ,’ राणाले भने, ‘यदि अध्यक्षले सबैलाई समेटेर अघि बढ्न खोजे समाधान नहुने कुनै कारण छैन, तर एकलौटी निर्णय लिने प्रवृत्ति स्वीकार्य हुँदैन।’

महामन्त्री राणाले राप्रपा नफुट्ने स्पष्ट पार्दै नेतृत्वका विषयमा केही मतभेद रहे पनि पार्टी फुटाएर अघि बढ्ने सोच नरहेको बताए। उनले महाधिवेशनको मिति यथाशिघ्र तोक्न पनि पार्टी नेतृत्वलाई आग्रह गरे।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार