वीरगन्ज, भदौ ७ :
चालु आर्थिक वर्षको पहिलो महिना साउनमा वीरगञ्ज नाकाबाट ६८ अर्ब १७ करोड मूल्य बराबरका वस्तु तथा सामान आयात भएका छन् ।
जुन गत आवको सोही वर्षको तुलनामा आठ अर्ब ११ करोडले बढी भएको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ । कार्यालयका अनुसार आव २०८१/८२ को साउनमा ६० अर्ब छ करोड बराबरको वस्तु तथा सामान आयात भएको थियो ।
चालु आर्थिक वर्षको साउनमा यो नाकाबाट हुने निर्यात बढेको छ । चालु आवको साउनमा आठ अर्ब ४५ करोडको सामान विभिन्न मुलुकमा निर्यात भएको छ । गत आवको साउनमा तीन अर्ब पाँच करोडको मात्रै सामान निर्यात भएको थियो ।
कार्यालयका अनुसार साउनमा १८ अर्ब ४४ करोड राजस्व सङ्कलन गरेको छ । जबकी आव २०८१/८२ को साउनमा १५ अर्ब ९२ करोडको राजस्व सङ्कलन भएको थियो ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
थप समाचार
विराटनगरमाथि काठमान्डु गोर्खाजको ९ विकेटको सानदार जित
प्रस्तावित चार न्यायाधीशको संसदीय सुनुवाइ शुक्रबारदेखि, १३ जनाबाट २८ उजुरी
‘मन्त्रिपरिषद्मा पेस हुने प्रस्तावको वैधानिकता जाँच्ने जिम्मेवारी मुख्यसचिवको हो’