बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो#नेपाल बार एसोसिएसन#अध्यक्ष प्राडा. विजयप्रसाद मिश्र#मन्त्री सोविता गौतम#मेलमिलापकर्ता#न्यायाधीश#दुर्घटना #कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो#नेपाल बार एसोसिएसन#अध्यक्ष प्राडा. विजयप्रसाद मिश्र#मन्त्री सोविता गौतम#मेलमिलापकर्ता#न्यायाधीश#दुर्घटना
समाचार विदेश

बोरिस आँधीका कारण मध्यपुर्वी युरोपमा ७ जनाको मृत्यु,धेरै मानिस बेपत्ता

· आइतबार, ३१ भदौ, २०८१ मा प्रकाशित
बोरिस आँधीका कारण मध्यपुर्वी युरोपमा ७ जनाको मृत्यु,धेरै मानिस बेपत्ता
काठमाण्डौं, भदौ ३१ :

बोरिस आँधीका कारण मध्य र पूर्वी युरोपका देशहरूले चरम बाढीको सामना गरिरहेका छन्। आँधीका कारण आईतबार ७ जनाको मृत्यु भएको जनाईएको छ ।

अस्ट्रियामा उद्धारका क्रममा एक फायरम्यानको मृत्यु भएको समाचार छ ।  पोल्याण्ड र रोमानियामा मानिसहरू डुबानमा परेका छन् भने चेक गणतन्त्रमा धेरै मानिसहरू बेपत्ता भएका छन्।

दशौं हजार मानिसहरू विद्युत विहीन छन् । बाढीबाट प्रभावित मानिसहरुलाई सुरक्षित स्थानमा सारिएको छ ।

अस्ट्रियाको भियना वरपरको क्षेत्रलाई प्रकोप क्षेत्र घोषणा गरिएको छ । पोल्याण्डमा एक व्यक्तिको बाढीमा डुबेर मृत्यु भएको छ ।



बिहीबारदेखि अस्ट्रिया, चेक गणतन्त्र, हंगेरी, रोमानिया र स्लोभाकियाको ठूलो भूभागमा भारी बर्षा  भएको छ ।

कम्तिमा सोमबारसम्म थप वर्षा र तीव्र हावाको पूर्वानुमान गरिएको समाचार छ।
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार