शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#सर्वोच्च अदालतमा दर्ता#दानबहादुर कार्की#गोकर्णबाट पक्राउ#सुजन तामाङ#एसएसपी दिलीप घिमिरे#जेन्जी नागरिक अभियान#आनी छोइङ डोल्मा#यमपञ्चक#भाइटीका#सुनचाँदी#मूल्यमा उतारचढाव#राष्ट्रपतिसँग सभामुखको भेटवार्ता#कालीगण्डकी करिडोर सडक#सुक्खा पहिरो खस्दा सडक अवरुद्ध#कुकुरसहित प्रहरीको चेकिङ#मादल#पेसा ‘सङ्कटमा’#रनधता पोखरेलको निधन #सर्वोच्च अदालतमा दर्ता#दानबहादुर कार्की#गोकर्णबाट पक्राउ#सुजन तामाङ#एसएसपी दिलीप घिमिरे#जेन्जी नागरिक अभियान#आनी छोइङ डोल्मा#यमपञ्चक#भाइटीका#सुनचाँदी#मूल्यमा उतारचढाव#राष्ट्रपतिसँग सभामुखको भेटवार्ता#कालीगण्डकी करिडोर सडक#सुक्खा पहिरो खस्दा सडक अवरुद्ध#कुकुरसहित प्रहरीको चेकिङ#मादल#पेसा ‘सङ्कटमा’#रनधता पोखरेलको निधन
राजनीति

प्रतिनिधिसभा र राष्ट्रिय सभा बैठक भदौ १३ सम्म स्थगित

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शुक्रबार, ६ भदौ, २०८२ मा प्रकाशित
प्रतिनिधिसभा र राष्ट्रिय सभा बैठक भदौ १३ सम्म स्थगित
काठमाडौं, भदौ ६ :

संघीय संसद्का दुवै सदन प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठक भदौ १३ गते बस्ने गरी स्थगित भएका छन् ।

प्रतिनिधिसभाको आज शुक्रबारको बैठकको अन्त्यमा सभामुख देवराज घिमिरेले अर्को बैठक भदौ १३ गते शुक्रबारसम्मका लागि स्थगित गरेको घोषणा गरे । यसैगरी आजै बसेको राष्ट्रिय सभा बैठक पनि भदौ १३ गते शुक्रबारसम्मका लागि स्थगित भएको अध्यक्ष  नारायणप्रसाद दाहालले घोषणा गरे ।

प्रतिनिधिसभाको शुक्रबारको बैठकमा फरक मतसहित संसदीय समितिले पास गरेका विद्यालय शिक्षा विधेयक, २०८० का सम्बन्धमा समितिको प्रतिवेदन’ र ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८० का सम्बन्धमा समितिको प्रतिवेदन’ पेस भए ।

शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिबाट बिहीबार फरकमतसहित पारित ‘विद्यालय शिक्षा विधेयक, २०८० का सम्बन्धमा समितिको प्रतिवेदन’ समिति सभापति अमरबहादुर थापाले पेस गरे । समितिले प्रतिवेदन पारित गर्ने बेलामा प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले फरक मत राखेका छन् ।

त्यस्तै कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिकी सभापति कुसुमदेवी थापाले ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक सम्बन्धमा समितिको प्रतिवेदन’ पेस गरिन् । विधेयकमा नेकपा माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टीले फरक मत राखेका छन् ।
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार