शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
समाचार राजनीति

नेसपा नयाँ शक्तिले भन्यो- सीमा विवाद समाधान गर्न नेपालले प्रभावकारी कूटनीतिक पहल गर्नुपर्छ

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शुक्रबार, ६ भदौ, २०८२ मा प्रकाशित
नेसपा नयाँ शक्तिले भन्यो- सीमा विवाद समाधान गर्न नेपालले प्रभावकारी कूटनीतिक पहल गर्नुपर्छ
काठमाडौं, भदौ ६ :

नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) ले भारत र चीनबीच भदौ ३ गते नेपालको पूर्वसहमतिबीना लिपुलेक नाका व्यापार प्रयोजनका लागि सञ्चालन गर्ने सम्झौताको आपत्ति जनाएको छ । नयाँ शक्तिले शुक्रबार विज्ञप्ति जारी गरी आपत्ति जनाएको हो ।

‘भारत र चीनले भदौ ३ गते नेपालको पूर्वसहमति र परामर्शविना लिपुलेक नाकालाई दुई देशबीचको व्यापारिक प्रयोजनका लागि सञ्चालन गर्ने भनी गरिएको निर्णयप्रति नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) गम्भीर आपत्ति प्रकट गर्दछ,’ नेसपा नयाँ शक्तिका प्रवक्ता कृष्ण शर्माद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

सन् २०१५ मा भारतीय प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा बेइजिङमा भएको सहमतिबाटै लिपुलेकलाई भारत-चीन व्यापारिक मार्गका रूपमा प्रयोग गर्ने प्रयास भएको, जसको तत्कालीन समयमा नेपाल सरकारले कूटनीतिक असहमति प्रकट गर्दै दुवै मुलुकलाई सच्याउन औपचारिक नोट पठाएको तर दुःखको कुरा, नेपालको यस विषयमा स्पष्ट आपत्ति हुँदाहुँदै पनि भारत र चीनले पुनः त्यही गल्ती दोहोर्‍याउनु, नेपालको सार्वभौमिकता र भौगोलिक अखण्डताप्रति गम्भीर उपेक्षा र अपमान भएको विज्ञप्तिमा बताएको छ ।

नयाँ शक्तिले यो एकपक्षीय कदमलाई अस्वीकार गर्ने र यसलाई छिमेकी मुलुकहरूको हेपाहा प्रवृत्तिको प्रतिबिम्बका रूपमा हेरेको पनि उल्लेख गरेको छ । यससँगै नेपाल सरकारको कूटनीतिक सक्रियता र दृढतामा देखिएको कमजोरीले पनि सीमा र राष्ट्रिय हितको संवेदनशील प्रश्नलाई अझ जटिल बनाएको नयाँ शक्तिले ठहर गरेको छ ।

‘हाम्रो पार्टी यस मामिलामा जोड दिन चाहन्छ कि, सीमा विवाद तथा संवेदनशील कूटनीतिक विषयहरूको समाधानका लागि नेपालले अझ प्रभावकारी, सशक्त र परिणाममुखी कूटनीतिक पहल गर्नुपर्छ । नेपालले आफ्नो राष्ट्रिय स्वार्थलाई केन्द्रमा राख्दै भारत-चीन-नेपालबीच समानता, आपसी सम्मान र परस्पर विश्वासमा आधारित त्रिदेशीय सहकार्यको ढाँचा निर्माण गर्नु जरुरी छ,’ विज्ञप्तिमा भनिएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार