चितवन, भदौ ३ :

जापानिज इन्सेफ्लाइटिसबाट चिनवनमा तीनजनाको मृत्यु भएको छ । जनस्वास्थ्य कार्यालयका कीट नियन्त्रक राम केसीका अनुसार गत साउन २३ देखि भदौ ३ गतेसम्मको नमुना परीक्षणमा नौजना सङ्क्रमित फेला परेका थिए । तीमध्ये तीन जनाको मृत्यु भएको हो ।

जापानिज इन्सेफ्लाइटिस भरतपुर महानगरपालिका, कालिका नगरपालिका, राप्ती नगरपालिका, खैरहनी नगरपालिका र माडी नगरपालिकाका बासिन्दामा भेटिएको छ । यो रोग क्युलेक्स जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने केसीले जानकारी दिँदै सबैलाई सचेत रहन आग्रह गरेका छन् ।

अचानक उच्च ज्वरो आउने, बेस्सरी टाउको दुख्ने, बान्ता हुने, शरीर काम्ने, घाँटी दख्ने जापानिज इन्सेफ्लाइटिसका लक्षण हुन् ।