काठमाडौं, भदौ २ :

विद्यालय शिक्षा विधेयकको प्रतिवेदन अध्ययन गर्न दुई दिन समय थप गरिएको छ । स्वास्थ्य तथा प्रविधि समितिको सोमबारको बैठकमा विद्यालय शिक्षा विधेयकसम्बन्धी उपसमितिको प्रतिवेदन समिति सदस्यहरूलाई थप दुई दिन अध्ययनको लागि समय दिइएको हो ।

विधेयकमा थप गरी १७४ दफा बनाइएको छ । यसअघि १६३ दफा कायम रहेको थियो । यस विधेयकलाई समितिबाट छिटो पारित गरी प्रतिनिधिसभामा लैजान हतार भएको छ ।