काठमाडौँ, भदौ ३१ :
मध्य र पूर्वी युरोपका मुलुकहरु अहिले भारी वर्षा र बाढीको चपेटामा परेका छन् । हालैका दिनहरूमा मध्य र पूर्वी यूरोपमा भारी वर्षा भइरहेको छ ।
रोमानियामा बाढीका कारण चार जनाको मृत्यु भइसकेको छ । देशको पूर्वमा बाढीले विनास निम्त्याएको छ । बाढीका कारण रोमानियामा हजारौं घरहरू ध्वस्त भएपछि विस्थापितका लागि शिविरहरू स्थापना गरेको र उद्धार कार्य सुरु गरेको छ ।
चेक रिपब्लिक, पोल्याण्ड, अस्ट्रिया, स्लोभाकिया र हंगेरीमा बाढीको चेतावनी दिइएको छ । मानिसहरूलाई सुरक्षित स्थानमा सार्न सैन्य डुङ्गा र विमानहरू प्रयोग भइरहेका छन् ।
बाढीका कारण चेक रिपब्लिकको राजधानी प्रागमा बाढीका कारण विभिन्न स्थानमा अवरोध भएको छ । पोल्याण्डका केही भागमा प्रभावित क्षेत्रका मानिसलाई अन्यत्र सारिएको छ ।।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
थप समाचार
प्रस्तावित चार न्यायाधीशको संसदीय सुनुवाइ शुक्रबारदेखि, १३ जनाबाट २८ उजुरी
‘मन्त्रिपरिषद्मा पेस हुने प्रस्तावको वैधानिकता जाँच्ने जिम्मेवारी मुख्यसचिवको हो’
कांग्रेसले भन्यो- पार्टी र नेतृत्वविरुद्ध सरकारले भ्रम सिर्जना गर्यो, कडा प्रतिवाद गर्ने चेतावनी