शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण#नेपाल पत्रकार महासंघ#राष्ट्रपतिको ध्यानाकर्षण#टिपर सञ्चालनमा रोक#सभापति रवि लामिछाने#सर्वोच्च अदालतमा दर्ता#दानबहादुर कार्की#गोकर्णबाट पक्राउ#सुजन तामाङ#एसएसपी दिलीप घिमिरे#जेन्जी नागरिक अभियान#आनी छोइङ डोल्मा#यमपञ्चक#भाइटीका #राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण#नेपाल पत्रकार महासंघ#राष्ट्रपतिको ध्यानाकर्षण#टिपर सञ्चालनमा रोक#सभापति रवि लामिछाने#सर्वोच्च अदालतमा दर्ता#दानबहादुर कार्की#गोकर्णबाट पक्राउ#सुजन तामाङ#एसएसपी दिलीप घिमिरे#जेन्जी नागरिक अभियान#आनी छोइङ डोल्मा#यमपञ्चक#भाइटीका
राजनीति

प्रचण्डको आरोप- प्रधानमन्त्रीको हावादारी गफले देश बर्बाद भयो

त्रिवि रंगशालाबारे मैले बोलेको ठीक छ : प्रचण्ड
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, २९ साउन, २०८२ मा प्रकाशित
प्रचण्डको आरोप- प्रधानमन्त्रीको हावादारी गफले देश बर्बाद भयो
काठमाडौं, साउन २९ :

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीको हावादारी गफले देश बर्बाद भएको टिप्पणी गरेका छन् ।

संसद् भवन बाहिर बिहीबार सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले प्रधानमन्त्रीले कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट रंगशाला निर्माण कार्यको बारेमा सदनमा वास्तविक भन्दा फरक कुरा बोलेको बताए ।

प्रचण्डले भने, ‘टियू मैले हेरिरहेको छु, मैले सदनमा बोलेको कुरा ठिक छ । प्रधानमन्त्रीले हावादारी मात्रै गफ दिए ।’

प्रधानमन्त्री ओलीले संसद्‍मा सम्बोधन गर्ने क्रममा टियू क्रिकेट रंगशालाको अवस्थाबारे सँगै गएर अनुगमन गर्न प्रचण्डलाई आग्रह गरेका थिए । प्रधानमन्त्रीले धरातल छोडेर हावादारी गफ दिएको उनको आरोप छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार