काठमाडौं, साउन २७ :

भारतको उत्तराखण्डमा आएको बाढीपहिरोमा बेपत्ता भएका २६ नेपालीको नाम सार्वजनिक गरिएको छ। यही साउन २१ र २२ गतेको  बाढीपहिरोमा परेर उनीहरू बेपत्ता भएका हुन्।

भारतस्थित नेपाली दूतावासका अनुसार उत्तरकाशीमा २१ र पौडी गढवालमा ५ जना गरी २६ नेपाली बेपत्ता भएका हुन्।

दूतावासका अनुसार  भारतीय स्थानीय प्रशासन र सुरक्षाकर्मीको सहयोगमा उद्धार तथा खोजी कार्य भइरहेको छ। उनीहरु बाढीमा नभएर अन्यत्र हराएको भए बाहेक जीवितै उद्दार हुने सम्भावना अत्यन्त न्यून रहेको छ ।