बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो#नेपाल बार एसोसिएसन#अध्यक्ष प्राडा. विजयप्रसाद मिश्र#मन्त्री सोविता गौतम#मेलमिलापकर्ता#न्यायाधीश#दुर्घटना #कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो#नेपाल बार एसोसिएसन#अध्यक्ष प्राडा. विजयप्रसाद मिश्र#मन्त्री सोविता गौतम#मेलमिलापकर्ता#न्यायाधीश#दुर्घटना
समाचार

पत्रकार महासङ्घको निर्वाचनका लागि कार्यतालिका सार्वजनिक 

· आइतबार, ३१ भदौ, २०८१ मा प्रकाशित
पत्रकार महासङ्घको निर्वाचनका लागि कार्यतालिका सार्वजनिक 
काठमाण्डौँ , भदौ ३१ :

नेपाल पत्रकार महासङ्घको आसन्न निर्वाचनका लागि कार्यतालिका सार्वजनिक भएको छ । 

केन्द्रीय निर्वाचन समितिले हिजो साँझ निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो ।

जारी निर्वाचन कार्यतालिका अनुसार आगामी असोज ४ गते बिहान १० देखि अपराह्न ३ बजेसम्म मनोनयन दर्ताको कार्यक्रम तोकिएको छ । सोही दिन साँझ ५ बजे उम्मेदवारको नामावली प्रकाशन हुनेछ ।

असोज ४ गते साँझ ५ देखि असोज ५ गते अपराह्‍न २ बजेसम्म उम्मेदवारमाथिको दाबीविरोध तथा असोज ४ गते साँझ ५ देखि असोज ५ गते अपराह्‍न ४ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिने कार्यतालिका रहेको छ ।

यसैगरी असोज ५ गते साँझ ६ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशित गर्ने र असोज १२ गते बिहान ९ बजेदेखि अपराह्‍न ४ बजेसम्म मतदान तथा मतदान समाप्त भएपश्चात मतगणना गर्ने कार्यतालिका छ ।

यस्तै प्रदेश समितिको मनोनयन आगामी असोज ८ गते बिहान १० देखि अपराह्‍न ३ बजेसम्म र संस्थागत समिति, जिल्ला शाखा र प्रतिष्ठान शाखाको मनोनयन आगामी असोज १० गते बिहान १० देखि अपराह्‍न ३ बजेसम्म हुने केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।

यसैबीच केन्द्रीय निर्वाचन समितिले आसन्न निर्वाचनका लागि महासङ्घको केन्द्रीय समितिबाट यही भदौ २८ गते प्राप्त संशोधित मतदाता नामावली सार्वजनिक गरिसकेको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार