काठमाडौं, साउन २६ :
श्रीलंकाको रतनपुरामा भएको पाँचौं खुला अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा ४ स्वर्ण १ रजतसहित टिम दोस्रो भएको नेपाल वादोरियो कराते टोली सोमबार नेपाल फर्किएको छ ।
अगस्त ७ र ८ तारिखमा भएको प्रतियोगितामा नेपालका लागि पुरुष ८० केजीमुनि पासाङ ग्याल्जेन थोक्रा, ५२ केजीमुनि निशान घले, महिला ६१ केजीमुनि उर्शला पहरी र ५० केजीमुनि अर्पणा मगरले स्वर्ण पदक तथा ४० केजीमुनि आरोन शेरचनले रजत पदक जित्न सफल भएका थिए ।
टोलीको प्रमुख प्रशिक्षकमा नेपाल वादोरियो कराते डो संघका अध्यक्ष हरिशरण केसी तथा अफिसियलमा राजकुमार कार्की छन् ।
टोलीलाई संघका कोषाध्यक्ष पुरुषोत्तम पोखरेल, ललितपुर जिल्लाका प्रशिक्षक संघर्ष पहरी, सिनियर कराते प्रशिक्षक सुमन तिमिल्सिना, अभिभावकलगायतले अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरे ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
थप समाचार
विराटनगरमाथि काठमान्डु गोर्खाजको ९ विकेटको सानदार जित
प्रस्तावित चार न्यायाधीशको संसदीय सुनुवाइ शुक्रबारदेखि, १३ जनाबाट २८ उजुरी
‘मन्त्रिपरिषद्मा पेस हुने प्रस्तावको वैधानिकता जाँच्ने जिम्मेवारी मुख्यसचिवको हो’