बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो#नेपाल बार एसोसिएसन#अध्यक्ष प्राडा. विजयप्रसाद मिश्र#मन्त्री सोविता गौतम#मेलमिलापकर्ता#न्यायाधीश#दुर्घटना #कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो#नेपाल बार एसोसिएसन#अध्यक्ष प्राडा. विजयप्रसाद मिश्र#मन्त्री सोविता गौतम#मेलमिलापकर्ता#न्यायाधीश#दुर्घटना
समाचार विदेश

गाजामा इजरायलको आक्रमणमा अनस अल-शरिफ सहित पाँच जना पत्रकारको मृत्यु

अल-जजिरा पत्रकारहरू रहेको टेन्टमा लक्ष्यित आक्रमण गर्दै गाजा सिटीको अल-शिफा अस्पताल नजिक इजरायली आक्रमण भएको हो ।
· सोमबार, २६ साउन, २०८२ मा प्रकाशित
गाजामा इजरायलको आक्रमणमा अनस अल-शरिफ सहित पाँच जना  पत्रकारको मृत्यु
काठमाडौं, साउन २६ :

इजरायली सेनाले गाजा सिटीको अल-शिफा अस्पताल बाहिर रहेको मिडिया टेन्टमा गरेको लक्षित आक्रमणमा परी अल जजिराका संवाददाता अनस अल-शरिफ सहित पाँच जना पत्रकारको मृत्यु भएको छ ।

आक्रमणमा अनस अल-शरिफ सहित अल जजिराका संवाददाता मोहम्मद क़ुरेकेह, क्यामेराम्यान इब्राहिम जाहेर र मोआमेन अलिवा तथा उनीहरूको सहायक मुहम्मद नौफल पनि मारिएका छन्।

आइतबार बेलुकी गाजा सिटीको अल-शिफा अस्पतालको मुख्य गेट बाहिर रहेको टेन्टमा आक्रमण भएको हो ।

इजरायली सेनाले विज्ञप्ति जारी गर्दै यस हत्याको जिम्मेवारी लिँदै अल-शरिफ हमासको सशस्त्र शाखाको एक इकाईको नेतृत्व गर्थे भन्ने  दाबी गरेको छ।

इजरायली डिफेन्स फोर्सले अन्य पत्रकारहरूको मृत्युबारे केही उल्लेख गरेको छैन ।  

मृत्यु हुनु केही समयअघि २८ वर्षीय  अल-शरिफले उत्तरी गाजाबाट व रिपोर्टिङ गरेका थिए ।

गाजामा इजरायलको युद्धका कारण कम्तीमा ६१ हजार ४३० जनाको मृत्यु भइसकेको छ । 

 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार