काठमाडौं, साउन २५ :

काठमाडौंको जमलमा रहेको नाचघरमा कलाकारहरुको जमघट देख्न सकिन्छ । कलाकारहरु हरेक वर्षमा आउने गाईजात्राका अवसरमा आफ्ना प्रहसन तथा व्याङ्ग्य प्रस्तुत गर्नमै व्यस्त छन् ।

यो समय भनेको हास्य कलाकारहरुको दसैं जस्तै हो । अहिले हास्यकलाकारलाई आफ्नो प्रस्तुति दिन भ्याइनभ्याइ छ ।

यसैक्रममा नाचघरमा पनि साताव्यापी गाईजात्रे महोत्सव चलिरहेको छ । यहाँ कलाकारहरुले यही साउन २४ देखि ३१ गतेसम्म आफ्नो प्रस्तुति देखाउँदै छन् ।

नाचघरमा व्याङ्ग्यात्मक प्रहसनअघि सक्रिय न्युजसँग आफ्नो प्रस्तुतिका बारेमा तीन कलाकारले प्रतितक्रिया दिएका छन् ।

हास्यकलाकार भरतमणि पौडेल, कैलाश कार्की र सन्तोष थापाले गाईजात्रे प्रस्तुतिबारे यसरी जानकारी गराए ।

विस्तृत हेर्नुहोस् भिडियोमा :