
एएफसी महिला यु–२० एसियन कप छनोट अन्तर्गत समूह ‘ए’को अन्तिम खेल आज हुदैछ ।
आज दिउँसो पौने २ बजे भुटानको चामलिमिथाङ रंगशालामा खेल हुनेछ ।
आजको खेल साबिकको विजेता उत्तर कोरियालाई नेपालले हराउनुपर्ने दबाबमा छ ।अघिल्लो खेलमा नेपालले साउदी अरबलाई हराएको थियो । पहिलो खेल भुटानसंग १ -१ को बराबरी खेलेको थियो ।
उत्तर कोरियाले यसअघि विपक्षीमाथि गोल वर्षा गर्दै आफ्नो प्रभुत्व देखाइसकेको छ। भुटानविरुद्ध १०–० को भारी जित निकाल्यो भने साउदी अरबविरुद्ध १५–० को दमदार जित निकालेको थियो।
यो टोलीले अहिलेसम्म एक गोल पनि खानु परेको छैन। नेपाली टोली पनि आफ्नो सपना जीवित राख्दै आजको खेलमा उत्तर कोरियाको गतिसंग भिड्न तयार देखिन्छ ।
नेपालले भुटानसँग नसोचेको खेल खेल्यो । घरेलु टोलीसँग गोल रहित बराबरी खेलेको नेपाल साउदी अरबविरुद्ध १–० को संघर्षपूर्ण जितसँगै दुई खेलबाट ४ अंक बटुल्दै समूहको दोस्रो स्थानमा रहेको छ।
उत्तर कोरियालाई बराबरी खेले पनि पर्याप्त हुने आजको खेल नेपाली टोलीका लागि भने जित्नै पर्ने हुन्छ ।
तर तीनपल्ट विश्वकप र दुईपल्ट एसियन कप जिति सकेको उत्तर कोरियासंगको आजको खेल कठिन छ । यो खेल नेपालका खेलाडीहरुको आत्मविश्वासको परीक्षा पनि हो ।
२०२६ एएफसी यु -२० महिला एसिया कपको १२औं संस्करण प्रतियोगिता सन २०२६ अप्रिल १ देखि थाइल्याण्डमा हुदैछ ।