बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो#नेपाल बार एसोसिएसन#अध्यक्ष प्राडा. विजयप्रसाद मिश्र#मन्त्री सोविता गौतम#मेलमिलापकर्ता#न्यायाधीश#दुर्घटना #कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो#नेपाल बार एसोसिएसन#अध्यक्ष प्राडा. विजयप्रसाद मिश्र#मन्त्री सोविता गौतम#मेलमिलापकर्ता#न्यायाधीश#दुर्घटना
समाचार विदेश

यागी आँधीपछि म्यानमारमा बाढी, कम्तीमा ३३ जनाको मृत्यु

· शनिबार, ३० भदौ, २०८१ मा प्रकाशित
यागी आँधीपछि म्यानमारमा बाढी, कम्तीमा ३३ जनाको मृत्यु
काठमाण्डौं, भदौ ३० :

म्यानमारमा ठुलो बाढी आएको छ ।

बाढीमा परी कम्तीमा ३३ जनाको मृत्यु भएको  त्यहाको  सेनाले जनाएको छ । शक्तिशाली  यागी आँधीपछि बाढी आएको हो ।

बाढीका कारण  २ लाख ३० हजार भन्दा बढी मानिसहरू आफ्नो घर छोड्न बाध्य भएको अधिकारीहरुले जनाएका छन् । त्यहाँको सरकार जन्टाले विदेशी सहायताको लागि अनुरोध गरेको राज्यद्वारा संचालित मिडियाले जनाएको छ । राजधानी नेपिडाव सबैभन्दा बढी प्रभावित भएको समाचार छ । 

घरबार विहीन भएका पीडितहरूका लागि केही अस्थायी राहत शिविरहरू स्थापना गरिएको राज्यद्वारा सञ्चालित दैनिक न्यू लाइट अफ म्यान्मारले बताएको छ।यस वर्षको एसियाकै सबैभन्दा शक्तिशाली आँधी यागीले भियतनाम, चीनको हाइनान टापु र फिलिपिन्समा आफ्नो प्रभाव पारेको छ । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार