शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#टिपर सञ्चालनमा रोक#सभापति रवि लामिछाने#सर्वोच्च अदालतमा दर्ता#दानबहादुर कार्की#गोकर्णबाट पक्राउ#सुजन तामाङ#एसएसपी दिलीप घिमिरे#जेन्जी नागरिक अभियान#आनी छोइङ डोल्मा#यमपञ्चक#भाइटीका#सुनचाँदी#मूल्यमा उतारचढाव#राष्ट्रपतिसँग सभामुखको भेटवार्ता#कालीगण्डकी करिडोर सडक#सुक्खा पहिरो खस्दा सडक अवरुद्ध#कुकुरसहित प्रहरीको चेकिङ #टिपर सञ्चालनमा रोक#सभापति रवि लामिछाने#सर्वोच्च अदालतमा दर्ता#दानबहादुर कार्की#गोकर्णबाट पक्राउ#सुजन तामाङ#एसएसपी दिलीप घिमिरे#जेन्जी नागरिक अभियान#आनी छोइङ डोल्मा#यमपञ्चक#भाइटीका#सुनचाँदी#मूल्यमा उतारचढाव#राष्ट्रपतिसँग सभामुखको भेटवार्ता#कालीगण्डकी करिडोर सडक#सुक्खा पहिरो खस्दा सडक अवरुद्ध#कुकुरसहित प्रहरीको चेकिङ
राजनीति

प्रचण्डको आरोप- सरकारकै कारण विद्यालय शिक्षा विधेयक रोकियो

प्रधानमन्त्री ओली विधेयकको विरुद्धमा गए ।
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, २२ साउन, २०८२ मा प्रकाशित
प्रचण्डको आरोप- सरकारकै कारण विद्यालय शिक्षा विधेयक रोकियो
काठमाडौं, साउन २२ :

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारकै कारण विद्यालय शिक्षा विधेयक रोकिएको आरोप लगाएका छन्।  

राष्ट्रिय सभागृहमा बिहीबार अनेरास्ववियु क्रान्तिकारीले आयोजना गरेको विद्यार्थीसँग संवाद कार्यक्रममा प्रचण्डले  कांग्रेस र एमालेकै कारण  विधेयक पारित हुन ढिलाइ भएको आरोप लगाएका हुन् ।

असार १५ मै पारित गर्ने भनिएको विधेयक सरकारकै कारण रोकिएको उनको आरोप छ । प्रधानमन्त्री केपी शर्मा ओली विधेयकको विरुद्धमा गएकाले सदनमा पेस हुन ढिलाइ भएको उनको भनाइ थियो ।

प्रचण्डले विद्यालय शिक्षा विधेयक आफ्नै प्रधानमन्त्रित्वकालमै दर्ता भएको प्रसंग पनि सुनाए ।  ओली शिक्षकहरूलाई सुविधा नदिने पक्षमा रहेको भन्दै प्रचण्डले आफूले शिक्षक र विद्यार्थीको पक्षमा बोलिरहँदा गालीगलौज गर्ने गरेको बताए ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार