ढाका, साउन २२ :

बंगलादेशी अन्तरिम सरकारका प्रमुख सल्लाहकार मुहम्मद युनुसले फेब्रुअरी २०२६ मा बंगलादेशको राष्ट्रिय चुनाव घोषणा गरेका छन् ।

फेब्रुअरी २०२६ मा आमचुनाव आयोजना गर्न निर्वाचन आयोगलाई पत्र पठाएका हुन् । जुलाई विद्रोहको एक वर्ष पूरा भएको अवसरमा राष्ट्रका नाममा गरिएको सम्बोधनमा युनुसले यस्तो घोषणा गरेका हुन् ।

रमजान महिना अर्को वर्ष फेब्रुअरी १७ वा फेब्रुअरी १८ मा सुरु हुने तय भएको छ । बंगलादेशी अर्थशास्त्री युनुसले गत वर्ष अगस्त ८ मा देशको अन्तरिम सरकारको प्रमुखको रूपमा शपथ लिएका थिए ।

बंगलादेशी राष्ट्रपति मोहम्मद सहाबुद्दिनले ६ अगस्त २०२४ मा संसद् भंग गरेपछि अन्तरिम सरकार गठनको बाटो खुलेको थियो ।