शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
समाचार खेलकुद फुटबल

नेपाल र भुटानबीचको खेल बराबरीमा सकियो

· बुधबार, २१ साउन, २०८२ मा प्रकाशित
नेपाल र भुटानबीचको खेल बराबरीमा सकियो
काठमाडौं, साउन २१ :

एएफसी यु–२० महिला एसियन कप छनोटअन्तर्गत आज भएको नेपाल र भुटानबीचको खेल बराबरीमा सकिएको छ ।

भुटानको थिम्पुस्थित चाङलिमियाङ स्टेडियममा भएको खेल आयोजक भुटान र नेपालका तर्फबाट १–१ गोल भइ बराबरीमा सकिएको हो ।

नेपालले भुटान विरुद्ध खेलको पहिलो मिनेटमा नै गोलको खाता खोलेको थियो । नेपालको लागि सेनु परियारले गोल गरिन् । नेपालको एक शून्य गोलको अग्रता लामो समयसम्म टिक्न सकेन ।

त्यसपछि खेलको १८औँ मिनेटमा भुटानले गोल फर्कायो । भुटानका लागि केल्देन वाङमोले बराबरी गोल गरिन् । त्यसपछि खेलको ७०औँ मिनेटमा नेपालले गोल गर्‍यो । तर असिस्टेन्ट रेफ्रीले अफ साइडको झण्डा उठाइदिए ।

दुवै टोलीबाट दोस्रो हाफमा गोल हुन सकेन ।

यस खेलसँगै नेपाल र भुटानले समान १–१ अङ्क जोडेका छन् । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार