बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
समाचार प्रदेश लुम्बिनी प्रदेश

सौताको ९ वर्षीय छोराको हत्या गरी फरार महिला पक्राउ

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, २१ साउन, २०८२ मा प्रकाशित
प्रतीकात्मक तस्बिर ।
फाइल फोटो ।
दाङ, साउन २१ :

९ वर्षीय बालकको हत्या गरी २३ वर्षदेखि फरार एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा गढवा गाउँपालिका–७ मानपुरका ५० वर्षीया बसन्ता शर्मा पण्डित रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाहले जानकारी दिए ।

ती महिलालाई काठमाडौँको नयाँ बसपार्क क्षेत्रबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाहले जानकारी दिए । विसं २०५९ असार १९ गते सौताको नौ वर्षीय छोरा शरद् शर्मालाई लाठी प्रहार गरी हत्या गरेर मलखादमा गाडेको अभियोगमा जिल्ला अदालत दाङले शर्मालाई  विसं २०६० असोज २६ गते दुई वर्ष कैद सजाय तोकेको थियो । तर, पुनरावेदन अदालतले सोही वर्ष माघ ३ गते कैद सजाय बढाएर १० वर्ष पु¥याएपछि उनी फरार थिइन् । 
    
शर्मा काठमाडौँमा छोरा केशवराज शर्मासँग बस्दै आएको थाहा पाएपछि इलाका प्रहरी कार्यालय गढवाबाट प्रहरी टोली खोजतलासका लागि खटिएको थियो । गढवा प्रहरी टोलीले जिल्ला प्रहरी परिसर काठमाडौँको सहयोगमा नयाँ बसपार्क क्षेत्रमा शर्मालाई मङ्गलबार बिहान  ८:३० बजेतिर पक्राउ गरेका हो । ती महिलालाई कैद सजाय भुक्तानका लागि दाङ जिल्ला अदालतमा पठाइएको प्रहरीले जनाएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार