शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#नेपाल पत्रकार महासंघ#राष्ट्रपतिको ध्यानाकर्षण#टिपर सञ्चालनमा रोक#सभापति रवि लामिछाने#सर्वोच्च अदालतमा दर्ता#दानबहादुर कार्की#गोकर्णबाट पक्राउ#सुजन तामाङ#एसएसपी दिलीप घिमिरे#जेन्जी नागरिक अभियान#आनी छोइङ डोल्मा#यमपञ्चक#भाइटीका#सुनचाँदी#मूल्यमा उतारचढाव#राष्ट्रपतिसँग सभामुखको भेटवार्ता#कालीगण्डकी करिडोर सडक#सुक्खा पहिरो खस्दा सडक अवरुद्ध #नेपाल पत्रकार महासंघ#राष्ट्रपतिको ध्यानाकर्षण#टिपर सञ्चालनमा रोक#सभापति रवि लामिछाने#सर्वोच्च अदालतमा दर्ता#दानबहादुर कार्की#गोकर्णबाट पक्राउ#सुजन तामाङ#एसएसपी दिलीप घिमिरे#जेन्जी नागरिक अभियान#आनी छोइङ डोल्मा#यमपञ्चक#भाइटीका#सुनचाँदी#मूल्यमा उतारचढाव#राष्ट्रपतिसँग सभामुखको भेटवार्ता#कालीगण्डकी करिडोर सडक#सुक्खा पहिरो खस्दा सडक अवरुद्ध
समाचार राजनीति

एमाले सांसद राजवंशी भन्छन्- आरक्षका जनतालाई रातारात उठाइयो, सरकारले भूमिहीन बनायो

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, १९ साउन, २०८२ मा प्रकाशित
एमाले सांसद राजवंशी भन्छन्- आरक्षका जनतालाई रातारात उठाइयो, सरकारले भूमिहीन बनायो
काठमाडौं, साउन १९ :

नेकपा एमालेका सांसद अमृतलाल राजवंशीले शुक्लाफाँट राष्ट्रिय निकुञ्ज र कोसी टप्पु वन्यजन्तु आरक्षका जनतालाई रातारात उठाएर अव्यवस्थित बनाइएको बताएका छन् ।

भूमिसम्बन्धी विधेयकमा सोमबार भएको छलफलमा उनले निकुञ्जका नाममा सरकारले नै जनतालाई भूमिहीन बनाएको बताएका हुन् । त्यहाँका जनताले भोगचलन गरिरहेको नम्बरी जग्गाबाट उठाएर अहिले अव्यवस्थित टहरोमा राखिएको उनको भनाइ छ ।

निकुञ्जले त्यहाँका जनतालाई पानी, बिजुलीको सेवासमेत उपलब्ध नगराएको बताउँदै घर-टहरा चुहिने अवस्थामा पुग्दासमेत नहेरेको उनले आरोप पनि लगाए । पीडितहरुको पक्षमा भूमि विधेयक बनाएर उनीहरुलाई राम्रो ठाउँमा स्थानान्तरण गर्नसमेत उनले माग गरे ।

‘शुक्लाफाँट र कोसी टप्पुका जनतालाई रातारात उठाएर अव्यवस्थित बनाइयो । निकुञ्जले कुनै सुविधा दिएन । उनीहरुले बनाएको घरटहरा कुहिने अवस्था छ,’ सांसद राजवंशीले भने, ‘सरकारले नै जनतालाई नम्बरी जग्गाबाट उठायो । पीडितहरुको पक्षमा विधेयक बनाएर उनीहरुलाई राम्रो ठाउँमा स्थानान्तरण गरियोस् ।’

उनले हाल सरकारले बनाएको भूमि आयोगले काम गर्न नसक्ने पनि बताए । भूमि आयोगलाई काम गर्न नदिएर हातखुट्टा बाँधेर राख्ने काम भएको उनको भनाइ छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार