हुम्ला, साउन १८ :

हुम्लाको अदानचुलीमा बाख्रा चराउन वनमा गएका एक युवकको भिरबाट लडेर मृत्यु भएको छ ।

अदानचुली ३, माझखर्कस्थित पानीटोट्का भन्ने ठाउँमा बाख्रा चराउन गएका अन्दाजी ३६ वर्षीया नान बुढाको शनिबार भिरबाट लडेर घटनास्थलमै मृत्यु भएको हो ।

बाख्रा चराउन खर्कबाट जंगल हिँडेका बुढा साँझ अबेरसम्म बास बस्ने खर्कमा नआएपछि पत्नीले खोजी गर्ने क्रममा पानीटोट्का जंगलको भिरबाट करिब सय मिटर तल मृत अवस्थामा फेला पारेको बुहारी शान्ति बुमी (बुढा) ले जानकारी दिइन् ।

खर्कमा बुढा दम्पती मात्र भएकाले बिहान मात्र पारिवारलाई जानकारी आएको हो । यस क्षेत्रमा यतिबेला सबैका चौपाया खर्कमै राख्ने गरिन्छ ।