गोरखा, भदौ २९ :
उत्तरी गोरखाको चीनसँग जोडिएको नाका बन्द भएको छ । हरेक बर्ष १ महिनाका लागि खोल्ने गरिएको गोरखाको रुइला नाका बन्द भएको हो ।
गत साउन ५ गतेदेखि खुल्ला गरिएको रुइला नाका अर्को एक बर्षसम्मका लागि बन्द गरिएको छ ।
नाका बन्द गर्ने दिनमा चिनियाँ र नेपाली सीमा सुरक्षा बलले संयुक्त रुपमा गस्ती गरेका थिए ।
त्यसपछि चिनियाँ सुरक्षा अधिकारी, नेपालतर्फको सशस्त्र प्रहरीको बिओपी तथा जनप्रतिनिधिहरु र साम्दाको स्थानीयबासी बीच अन्तरक्रिया कार्यक्रम पनि आयोजना गरिएको थियो ।
बर्षमा एक पटक मात्र खुले पनि रुइला नाकाबाट गोरखाका उत्तरी बस्तीका बासिन्दाले दैनिकी चलाउने सामानहरु ल्याउन सजिलो भएको थियो ।
कोरोना महामारीपछि भने यो नाका केही बर्ष बन्द भएको थियो ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
थप समाचार
विराटनगरमाथि काठमान्डु गोर्खाजको ९ विकेटको सानदार जित
प्रस्तावित चार न्यायाधीशको संसदीय सुनुवाइ शुक्रबारदेखि, १३ जनाबाट २८ उजुरी
‘मन्त्रिपरिषद्मा पेस हुने प्रस्तावको वैधानिकता जाँच्ने जिम्मेवारी मुख्यसचिवको हो’