थाइल्यान्डमा आँधीपछि आएको बाढी र पहिरोका कारण थाइल्यान्डमा ६ जनाको मृत्यु हुनका साथै दुई लाख ३० हजार भन्दा बढी मानिसहरु प्रभावित भएका छन् ।
थाइल्यान्डको विपद् रोकथाम तथा न्यूनीकरण विभागका अनुसार जुलाई २१ देखि भएको भारी वर्षाका कारण १२ वटा प्रान्तमा बाढी आएको छ, जसमध्ये अधिकांश उत्तरी र मध्य क्षेत्रहरूमा परेको छ ।
आँधीको प्रभावलाई नजिकबाट निगरानी गरिरहेको तथा प्रभावितहरुलाई आवश्यक सहयोग गर्न प्रान्तहरूसँग समन्वय गरिरहेको जनाएको छ ।
सामाजिक सञ्जालमा राखिएका तस्बिरहरूमा बाढीले बासिन्दाहरू डुबानमा परेको र सडकहरूमा प्लास्टिकका डुङ्गाहरू प्रयोग गरेको देखाइएको छ ।
यद्यपि थाईल्यान्डको मौसम विभागले आगामी दिनमा वर्षा कम हुने अनुमान गरेको छ ।
वैज्ञानिकहरूले मानव निर्मित जलवायु परिवर्तनले अधिक मौसमी परिवर्तन निम्त्याइरहेकाले विनाशकारी बाढीको सम्भावना बढेको जनाएका छन् ।
यस अघि सन् २०११ मा थाइल्यान्डमा बाढीले ५०० भन्दा बढी मानिसहरूको ज्यान लिएको थियो भने लाखौं घरहरू क्षतिग्रस्त भएका थिए ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
थप समाचार
कांग्रेसले भन्यो- पार्टी र नेतृत्वविरुद्ध सरकारले भ्रम सिर्जना गर्यो, कडा प्रतिवाद गर्ने चेतावनी
सरकारलाई रवि लामिछानेको सुझाव : अपरिपक्वताको प्रश्न उठ्ने काम नगर्नू
एनपीएल क्रिकेट : लुम्बिनीको अपराजित यात्रा कायमै