शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
समाचार बागमती प्रदेश स्वास्थ्य भिडियो

निरोगी नेपाल बनाउन जनचेतना जगाउनुपर्छ : प्रधानमन्त्री

बागमती प्रदेश पूर्ण खोप प्रदेश घोषित
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शुक्रबार, १६ साउन, २०८२ मा प्रकाशित
निरोगी नेपाल बनाउन जनचेतना जगाउनुपर्छ : प्रधानमन्त्री
भक्तपुर, साउन १६ :

प्रधानमन्त्री केपी ओलीको उपस्थितिमा आज (शुक्रबार) बागमती प्रदेश पूर्ण खोप घोषणा भएको छ ।

प्रदेशको स्वास्थ्य मन्त्रालयद्वारा आयोजित विशेष कार्यक्रममा प्रधानमन्त्री ओलीले यस्तो घोषणा गरेका हुन् । संघ सरकारको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको राष्ट्रिय पूर्ण खोप समन्वय समितिबाट प्राप्त प्रमाणपत्रका आधारमा गत साउन २७ गते १६ देखि २३ महिनासम्मका सबै बालबालिकालाई १५ महिनाको उमेरभित्र पूर्ण खोप पाएको सुनिश्चितता भएको थियो । प्रदेशका १३ जिल्ला र ११९ पालिका पूर्ण खोप भएपछि प्रदेशस्तरमा घोषणा गरिएको हो ।

कार्यक्रममा प्रधानमन्त्री ओलीले खोप समितिको प्रमाणपत्र प्रदेशका स्वास्थ्यमन्त्री किरण थापालाई हस्तान्तरण गरे । कार्यक्रममा प्रधानमन्त्री ओलीले स्वास्थ्य क्षेत्रको डिजिटल हेल्थ कार्यक्रमको पनि उद्घाटन गरे । प्रधानमन्त्री ओलीले पूर्ण खोप घोषणा भएकामा प्रदेशलाई बधाई दिँदै समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय गन्तव्य प्राप्तिका लागि निरोगी नेपाल अभियान सञ्चालन गरिएको बताए ।

उनले नेपालमा मानिसका साथै पशुपक्षी र वनस्पति पनि निरोगी हुन् तथा सहर र गाउँ सफा रहुन् भन्ने सोचका साथ काम गर्नुपर्नेमा जोड दिए । ‘रोग लाग्न सक्छ तर हामीले रोगका कारण र बाटाहरुलाई बन्द गर्ने प्रयास गर्नुपर्छ । त्यसको एउटा उपाय खोप हो । यो अभियान सफल हुँदै गएकामा म खुसी व्यक्त गर्दछु,’ ओलीले भने, ‘हाम्रो संविधानले स्वास्थ्य सेवालाई मौलिक हकमा समावेश गरेको छ । उक्त हक प्राप्तिको दिशामा खोप अभियान सार्थक भएको छ । आगामी २०८३ मा हामी विकासशील मुलुकमा स्तरोन्नति हुँदै छौं । त्यसका लागि पनि यो अभियान महत्त्वपूर्ण साबित भएको छ । अरु प्रदेशमा यस्ता अभियान सञ्चालनमा हामीले प्रेरित गर्नुपर्नेछ ।’

प्रधानमन्त्री ओलीले खोप अभियानका क्रममा उत्कृष्ट कर्मचारी, महिला सामुदायिक स्वास्थ्य स्वंसेविकाहरुलाई सम्मान प्रदान गरेका थिए । प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले स्वास्थ्य क्षेत्रको निरन्तर खटाइबाट पूर्ण खोप अभियान सफल भएको दाबी गरे ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार