बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो#नेपाल बार एसोसिएसन#अध्यक्ष प्राडा. विजयप्रसाद मिश्र#मन्त्री सोविता गौतम#मेलमिलापकर्ता#न्यायाधीश#दुर्घटना #कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो#नेपाल बार एसोसिएसन#अध्यक्ष प्राडा. विजयप्रसाद मिश्र#मन्त्री सोविता गौतम#मेलमिलापकर्ता#न्यायाधीश#दुर्घटना
समाचार मनाेरञ्जन

रिलिज भयो ‘रियाल रिङ्गेट’

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शुक्रबार, १६ साउन, २०८२ मा प्रकाशित
रिलिज भयो ‘रियाल रिङ्गेट’
काठमाडौं, साउन १६ :

नेपाली समाजको समसामयिक र संवेदनशील विषयवस्तुलाई उठान गरेको चलचित्र ‘रियाल रिङ्गेट’ आज (शुक्रबार) देखि देशैभर प्रदर्शनमा आएको छ । प्रवासी नेपाली श्रमिकहरूको सङ्घर्ष, पीडा र यथार्थ कथालाई समेटिएको यो चलचित्र प्रिमियरमा रुचाइएको थियो ।

यस चलचित्रले देशभर एक सय हाराहारीमा शो प्राप्त गरेको वितरकहरूले जनाएका छन् । प्रिमियरमा दर्शकहरूले चलचित्रको कथा, अभिनय, सङ्गीत र विशेष गरी सामाजिक सन्देशको खुलेर प्रशंसा गरेका थिए । चलचित्रलाई दर्शकले ‘लाखौँ नेपालीको जिन्दगीको ऐना’ भएको प्रतिक्रिया दिएका थिए ।

चलचित्रले खाडी मुलुकमा रोजगारीको सिलसिलामा गएका नेपालीहरूको जीवन भोगाइलाई पर्दामा उतारेको छ । ‘रियाल रिङ्गेट’ को शीर्षकमै कतार, साउदी अरेबिया र मलेसियाको मुद्रा समेटेर प्रवासी जीवनको साङ्केतिकता झल्काइएको छ ।

चलचित्रको प्रमुख भूमिकामा प्रमोद चौलागाईं र नीता ढुङ्गाना छन् । छुल्ठिम डोल्मा गुरुङ, रवीन्द्र खड्का, ध्रुव कोइराला, प्रेम सुब्बा, रामचन्द्र अधिकारी, रियर राई, रोशन श्रेष्ठ, ईश्वरी बराल, विमला गिरी, सीमा केसी, सन्दीप तामाङ, सुवास थापा मगर, विशाल थापा लगायत दर्जनौँ कलाकारहरूको पनि यसमा सशक्त अभिनय छ ।

रेबेल फिल्मसको ब्यानरमा गगनलाल प्रधानले निर्माण गरेको तथा विभोर पोखरेलले निर्देशन गरेको यस चलचित्रका लेखक प्रदीप भारद्वाज हुन् भने, छायाङ्कन भारत, चितवन, काठमाडौं र लेटाङमा गरिएको हो । द्वन्द्व निर्देशन रोशन श्रेष्ठले, छायाङ्कन हरि घलेले, सम्पादन विपिन मल्लले, ब्याकराउन्ड स्कोर किरण तुलाधरले गरेका छन् ।

चलचित्रका गीतमा रामचन्द्र काफ्ले, किरण तुलाधर र चन्दनध्वज केसीको सङ्गीत छ । स्वरमा सुगम पोखरेल, केतन क्षेत्री, रामचन्द्र काफ्ले र जुनु रिजाल काफ्लेले आवाज दिएका छन् । गीतका शब्द अमर न्यौपाने, रवि मल्ल, कोसिस क्षेत्री, प्रदीप भारद्वाज र चन्दनध्वज केसीले लेखेका छन् ।
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार