बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो#नेपाल बार एसोसिएसन#अध्यक्ष प्राडा. विजयप्रसाद मिश्र#मन्त्री सोविता गौतम#मेलमिलापकर्ता#न्यायाधीश#दुर्घटना #कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो#नेपाल बार एसोसिएसन#अध्यक्ष प्राडा. विजयप्रसाद मिश्र#मन्त्री सोविता गौतम#मेलमिलापकर्ता#न्यायाधीश#दुर्घटना
समाचार विदेश

भेनेजुएलाको चुनावी नतिजा विवादित भएपछि प्रहरी र प्रदर्शनकारीबीच भिडन्त

· मंगलबार, १६ साउन, २०८१ मा प्रकाशित
भेनेजुएलाको चुनावी नतिजा विवादित भएपछि प्रहरी र प्रदर्शनकारीबीच भिडन्त

काठमाण्डौं,साउन १५: भेनेजुएलामा आइतबार  भएको  विवादित चुनावी नतिजाको विरोधमा प्रदर्शन गरिरहेका मानिसहरूमाथि सुरक्षा बलहरूले अश्रुग्यास र रबरको गोली प्रहार गरेका छन्।

राष्ट्रपति निकोलस मादुरोले आफूले जितेको दाबी गरेपछि भेनेजुएलाको राजधानीमा विरोध प्रदर्शन सुरु भएको छ ।सोमबार साँझ मध्य काराकासमा हजारौं मानिसहरू जम्मा भएका थिए ।

केहि शहर वरपरका पहाडहरूका बस्तीबाट लामो दुरी पैदल यात्रा गर्दै राष्ट्रपति भवन तर्फ लागेका थिए । विपक्षीले मादुरोको विजयको घोषणालाई धाँधली भएको भन्दै आफ्ना उम्मेदवार एडमन्डो गोन्जालेजले ७३ प्रतिशत मत ल्याएर विजयी भएको बताएका छन्।

चुनावअघिको जनमत सर्वेक्षणले पनि प्रतिद्वन्द्वीलाई स्पष्ट जित हुने बताएको थियो ।देशको आर्थिक संकटलाई लिएर व्यापक असन्तुष्टिको बीचमा ११ वर्ष सत्तामा रहेका राष्ट्रपति मादुरोलाई हटाउने प्रयासमा विपक्षी दलहरूले गोन्जालेजलाई उम्मेद्वार बनाएका थिए ।

पश्चिमी र ल्याटिन अमेरिकी मुलुक तथा संयुक्त राष्ट्र लगायत अन्तर्राष्ट्रिय निकायहरूले भेनेजुएलाका अधिकारीहरूलाई मतदान रेकर्डहरू जारी गर्न आह्वान गरेका छन्।

 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार