बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो#नेपाल बार एसोसिएसन#अध्यक्ष प्राडा. विजयप्रसाद मिश्र #संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो#नेपाल बार एसोसिएसन#अध्यक्ष प्राडा. विजयप्रसाद मिश्र
विदेश

दक्षिण कोरिया पूर्वराष्ट्रपति युनलाई गिरफ्तारी वारेन्ट जारी

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, १५ साउन, २०८२ मा प्रकाशित
दक्षिण कोरिया पूर्वराष्ट्रपति युनलाई गिरफ्तारी वारेन्ट जारी
सियोल, साउन १५ :

दक्षिण कोरियाको एक अदालतले पूर्वराष्ट्रपति युन सुक योलका लागि नयाँ गिरफ्तारी वारेन्ट जारी गरेको छ । धेरै पटक पूर्वराष्ट्रपति युनले उपस्थित हुन अस्वीकार गरेपछि उनलाई सोधपुछका लागि जबरजस्ती ल्याउन जारी वारेन्टले अभियोजकहरूलाई सक्षम बनाएको छ ।

युन र उहाँकी श्रीमती, पूर्व प्रथम महिला किम केओन हीको अनुसन्धान गरिरहेका विशेष सल्लाहकारले एक विज्ञप्तिमा भने, ‘पूर्वराष्ट्रपति युन सुक येओलका लागि आज गिरफ्तारी वारेन्ट जारी गरिएको छ ।’

युनले डिसेम्बर ३ मा नागरिक शासनलाई अन्त्य गर्न खोज्दा दक्षिण कोरियालाई राजनीतिक सङ्कटमा पारेको  र सांसदहरूले उनको मार्शल कानुनको घोषणालाई मतदान गर्नबाट रोक्नका लागि संसद्मा सेना पठाएको आरोप छ ।

उनी हिरासतमा लिएका मुलुकको पहिलो राष्ट्रपति हुन् ।  उनले अनुसन्धानकर्ताहरूलाई रोक्नका लागि आफ्नो राष्ट्रपति सुरक्षा बलको प्रयोग गरेका थिए ।

उनलाई मार्चमा प्रक्रियागत आधारमा रिहा गरिएको थियो । यद्यपि उनको विद्रोहको मुद्दा जारी रह्यो, तर उनले मुद्दासँग सम्बन्धित प्रमाण नष्ट गर्न सक्ने चिन्ताका कारण जुलाईको सुरुमा फेरि हिरासतमा राखिएको थियो ।

संसदीय चुनावमा छेडछाड गरेको आरोपको अनुसन्धान गरिरहेका अभियोजकहरूले युनलाई सोधपुछका लागि बोलाएका थिए तर उनी उपस्थित हुन सकेनन् । उनका वकिलहरूले युनलाई स्वास्थ्य समस्याहरू रहेको बताएका थिए ।
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार