शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#नेपाल पत्रकार महासंघ#राष्ट्रपतिको ध्यानाकर्षण#टिपर सञ्चालनमा रोक#सभापति रवि लामिछाने#सर्वोच्च अदालतमा दर्ता#दानबहादुर कार्की#गोकर्णबाट पक्राउ#सुजन तामाङ#एसएसपी दिलीप घिमिरे#जेन्जी नागरिक अभियान#आनी छोइङ डोल्मा#यमपञ्चक#भाइटीका#सुनचाँदी#मूल्यमा उतारचढाव#राष्ट्रपतिसँग सभामुखको भेटवार्ता#कालीगण्डकी करिडोर सडक#सुक्खा पहिरो खस्दा सडक अवरुद्ध #नेपाल पत्रकार महासंघ#राष्ट्रपतिको ध्यानाकर्षण#टिपर सञ्चालनमा रोक#सभापति रवि लामिछाने#सर्वोच्च अदालतमा दर्ता#दानबहादुर कार्की#गोकर्णबाट पक्राउ#सुजन तामाङ#एसएसपी दिलीप घिमिरे#जेन्जी नागरिक अभियान#आनी छोइङ डोल्मा#यमपञ्चक#भाइटीका#सुनचाँदी#मूल्यमा उतारचढाव#राष्ट्रपतिसँग सभामुखको भेटवार्ता#कालीगण्डकी करिडोर सडक#सुक्खा पहिरो खस्दा सडक अवरुद्ध
राजनीति

नवनियुक्त अध्यक्ष चौधरी भन्छन्- रञ्जितालाई विधिसम्मत हटाएका हौं

राष्ट्रिय भेलामार्फत नेतृत्व परिवर्तन गरिएको हो
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, १५ साउन, २०८२ मा प्रकाशित
नवनियुक्त अध्यक्ष चौधरी भन्छन्- रञ्जितालाई विधिसम्मत हटाएका हौं
काठमाडौं, साउन १५ :

नागरिक उन्मुक्ति पार्टी (नाउपा) का नवनियुक्त अध्यक्ष लालवीर चौधरीले बर्खास्तमा परेकी पूर्वअध्यक्ष रञ्जिता श्रेष्ठलाई पार्टीबाट विधिसम्मत रूपमा हटाइएको दाबी गरेका छन्।

 अध्यक्षमा नियुक्त भएपछि बिहीबार सञ्चारकर्मीहरूसँग कुरा गर्दै चौधरीले श्रेष्ठले पार्टीको कामकारबाही अगाडि बढाउन नसकेको र त्यसैले पार्टीको निकासका लागि वैधानिक प्रक्रियाअनुसार परिवर्तन गरिएको स्पष्ट पारे।

‘उहाँ (रञ्जिता)लाई विधिसम्मत हटाइएको हो। पार्टीको निकासका लागि हटाइएको हो,’ चौधरीले भने।उनका अनुसार डेढ वर्षसम्म श्रेष्ठले पार्टी बैठकसमेत बोलाउन नसकेको र आवश्यक निर्णयहरू लिने प्रक्रिया ठप्प भएकोले राष्ट्रिय भेलामार्फत नेतृत्व परिवर्तन गरेको हो।

चौधरीले नेतृत्व परिवर्तन ढिलो हुन सक्ने अवस्था भए पनि आसन्न उपनिर्वाचनका कारण छिटो निर्णय लिनुपरेको बताए। तर बर्खास्तमा परेकी रञ्जिता श्रेष्ठले भने आफूलाई  विधिसम्मत रूपमा नहटाइएको भन्दै आपत्ति जनाएकी छिन्।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार