शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
राजनीति

‘मानवअधिकार आयोगले सरकारलाई जिम्मेवार र जवाफदेही बनाउनमा सहयोग पुर्‍याउँछ’

छाउपडी प्रथाको अन्त्यका लागि मनस्थितिमा परिवर्तन गर्न लाग्नुपर्ने जरुरी छ
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, १५ साउन, २०८२ मा प्रकाशित
‘मानवअधिकार आयोगले सरकारलाई जिम्मेवार र जवाफदेही बनाउनमा सहयोग पुर्‍याउँछ’
ललितपुर, साउन १५ :

राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले मानव अधिकार आयोगले सरकारलाई  जिम्मेवार र जवाफदेही बनाउनमा सहयोग पु-याउने बताएका छन् ।

सोह्रौं मानव अधिकार राष्ट्रिय महाभेलाको प्रतिवेदन तथा दस्तावेजहरुसहितको जिम्मेवारी १७औं मानव अधिकार राष्ट्रिय महाभेला आयोजक समितिलाई हस्तान्तरण गर्न आज आयोजित कार्यक्रममा अध्यक्ष मगरले मानव अधिकारका क्षेत्रमा गर्नुपर्ने काम धेरै रहेकाले कार्यान्वयन गर्नुपर्ने आवश्यकता औँल्याए ।

‘मानव अधिकारका क्षेत्रमा गर्नुपर्ने काम धेरै छन्, छाउपडी प्रथाको अन्त्यका लागि मनस्थितिमा परिवर्तन गर्न लाग्नुपर्ने जरुरी छ, बालविवाह हटाउन ध्यान दिनुपर्नेछ, ज्येष्ठ नागरिकका समस्याका विषयमा पनि ध्यान दिनुपर्ने छ,’उनले भने, ‘जलवायु न्यायका कुरा आइरहेको छ।’

आयोगका सदस्य मिहिर ठाकुरले विश्वको तुलनामा नेपाल मानव अधिकारको क्षेत्रमा सैद्धान्तिक रुपमा अगाडि रहे पनि व्यावहारिक रुपमा प्रयोग र कार्यान्वयन गर्ने सन्दर्भमा अझै पछाडि रहेकाले एकताबद्ध भएर काम गर्न आवश्यक रहेकामा जोड दिए ।

आयोगका सदस्य लिली थापाले १७औँ मानव अधिकार राष्ट्रिय महाभेलाको नेतृत्व गर्ने अवसर महिलाले पाएकामा गर्व गर्दै मानव अधिकार आयोगको संरचनाभित्रै मानव अधिकार महाभेलाको कार्य तथा योजनाहरुलाई समावेश गराउन मानव अधिकारसँग सम्बद्ध सङ्घसंस्थाहरुलाई आग्रह गरिन् ।

सचिव मुरारी खरेलले १६औँ मानव अधिकार राष्ट्रिय महाभेलासम्मका विषयवस्तुहरुलाई साराँशमा उतारेर आयोगलाई सुझावका लागि प्रस्तुत गर्न आग्रह गरे ।

मानव अधिकार राष्ट्रिय महाभेलाका संस्थापक चरण प्रसाईंले मानव अधिकार राष्ट्रिय महाभेला संस्थागत हुँदै गएकाले मानव अधिकारका क्षेत्रमा आवाज उठाउनेहरु १० डिसेम्बरका अवसरमा एकताबद्ध भएर अधिकारका पक्षमा आवाज उठाउने बृहत् मञ्च सृजना भएको धारणा राखे ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार