शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
राजनीति

अनसनरत नगरप्रमुख भट्टराईले भने- वार्ता समितिले अनावश्यक बार्गेनिङ नगरोस्

‘भूइँमान्छेको आवाज सरकारले नसुनेपछि संघ सरकारको आँगनमा आन्दोलन गर्न बाध्य भएँ’
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, १४ साउन, २०८२ मा प्रकाशित
अनसनरत नगरप्रमुख भट्टराईले भने- वार्ता समितिले अनावश्यक बार्गेनिङ नगरोस्
काठमाडौं, साउन १४ :

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, खोटाङका नगरप्रमुख तीर्थराज भट्टराईले स्थानीय कच्चा पदार्थको उपयोग बढाउँदै आयातित सामग्रीको न्यूनिकरण गर्ने आफ्नो मागहरु पूरा गर्न सरकारलाई दबाब दिन आह्वान गरेका छन् ।

माइतीघर मण्डलामा आइबारबाट  सत्याग्रह सुरु गरेका उनले यस्तो आह्वान गरेका हुन् । उनले आफ्नो स्वास्थ्य अवस्थालाई ख्याल गर्दै नागरिकको बाँच्न पाउने हकको आवाज उठाइदिनका लागि राष्ट्रिय मानव अधिकार आयोगलगायत संघसंस्थालाई आग्रह पनि गरे । उनले स्थानीय कच्चा पदार्थ प्रयोग गर्न संघीय ऐन वाधक भएकाले पटक–पटक लिखित तथा मौखिक अनुरोधलाई संघीय सरकारले बेवास्ता गरेपछि आफू सात बुँदे मागसहित सत्याग्रह बसेको बताए । उनले अनसनरत स्थानको सुरक्षा व्यवस्था चुस्त बनाउन समेत माग गरे । उनले आफ्नो सत्याग्रहप्रति राज्यलाई विश्वस्त पार्न प्रतिनिधि पठाईदिन जिल्ला प्रशासन कार्यालय काठमाडौंलाई आग्रह पनि गरे । 
उनले भने, ‘म आफ्ना मागहरु पूरा नभए देहत्याग गर्न तयार भएको अवस्थामा आँखा छलेर वा घाम अस्ताएको बेला केही खाएको छैन, खानु हुदैन । केही मुलभूत सिद्धान्त हुन्छन् । त्यसकारण मेरो सत्याग्रहको पारदर्शिताका लागि एक जना प्रतिनिधि पठाईदिन आग्रह गरेको छु । वार्ता समितिलाई पनि मेरो मान्यता, भावना र संस्कारविपरित हुने भएकोले किसान बचाउने, हिमाल बचाउने, पर्यावरण बचाउने र धर्म तथा संस्कृति बचाउने मेरो नेतृत्वको स्थानीय सरकारको भावनालाई ठेस पुग्ने गरी वार्तामा बस्ने संघीय समितिका प्रतनिधिहरुले मेरा ठोस माग पूरा गर्नेबाहेक अनावश्यक बार्गेनिङ नगरिदिन हुन अनुरोध गर्न चाहन्छु ।’

भूइँमान्छेको आवाज सरकारले नसुनेपछि संघ सरकारको आँगनमा आन्दोलन गरिएको बताउनु उनको भनाइ छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार