कञ्चनपुर, भदौ २९ :
महाकाली नदीमा बाढीको बहाब तिब्र बनेको छ ।
नदीमा पानीको सतह बढ्दा सतर्कताको रेखा पार गरेको स्थानीय प्रशासनले जनाएको छ।
नदी किनारामा सुरक्षित रहनसमेत प्रशासनले आग्रह गरेको छ ।
महाकालीमा पानीको बहाब बढेर साढे तीन लाख क्युसेक पुगेको छ । २ दिन देखिको अबिरल बर्षासँगै धेरै ठाउँमा कटान र डुवान शुरु भएको छ ।
नेपाल-भारत सीमा क्षेत्रको बनबसा पुलमा एक लाख क्युसेक पानी पुग्ने बित्तिकै खतराको तहमा पुगेकोे मानिन्छ ।
पानीको बहाब बढेपछि बनबसा पुलमा सबै सवारी साधन र आवतजावत बन्द गरिएको छ ।
यो सँगै दोधारा चादनी नगरपालिका वडा नं.१० कुतियाकबरमा महाकालीको बाढीले जोगबुढा नदी थुनिँदा डुवान भएको छ ।
भीमदत्त नगरपालिका १० र ११ वडा क्षेत्रमा भुजेला नाला थुनिँदा बस्ती नै डुबेको छ ।।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
थप समाचार
विराटनगरमाथि काठमान्डु गोर्खाजको ९ विकेटको सानदार जित
प्रस्तावित चार न्यायाधीशको संसदीय सुनुवाइ शुक्रबारदेखि, १३ जनाबाट २८ उजुरी
‘मन्त्रिपरिषद्मा पेस हुने प्रस्तावको वैधानिकता जाँच्ने जिम्मेवारी मुख्यसचिवको हो’