शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
समाचार राजनीति प्रदेश बागमती प्रदेश

कांग्रेस बागमती प्रदेश सभा संसदीय दलको नेता चयनका लागि आज निर्वाचन हुदै

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, १४ साउन, २०८२ मा प्रकाशित
कांग्रेस बागमती प्रदेश सभा संसदीय दलको नेता चयनका लागि आज निर्वाचन हुदै
मकवानपुर, साउन १४ :

 नेपाली कांग्रेस बागमती प्रदेश सभाको संसदीय दलको नेता चयनका लागि आज निर्वाचन हुदैछ । निर्वाचनको कार्यक्रम सुरु भईसकेको छ ।

संसदीय दलका नेता चयन गर्न आज बिहान १० देखि ११ बजेसम्म उम्मेदवारी दर्ता र अपराह्न २ देखि ३ बजेसम्म मतदान हुने कार्यतालिका रहेको निर्वाचन समितिका संयोजक हरिशरण श्रेष्ठले  जानकारी दिनुभयो । 

निर्वाचनका लागि हिजै नेपाली कांग्रेस बागमतीका सह-महामन्त्री हरिशरण श्रेष्ठको संयोजकत्वमा निर्वाचन समिति गठन गरिएको छ ।

आज  दिउँसो २ देखि ३ बजेसम्म संसदीय दलको कार्यालय परिसरमा नै मतदान हुने निर्वाचन कार्यतालिका तय गरिएको छ ।

मतदाता नामावली प्रकाशन लगायतका काम सुरु भइसकेको छ । प्रदेशसभामा एउटा टिमबाट इन्द्र बानियाँ उठ्ने निश्चित भईसकेको छ भने  अर्को टिमबाट को उठ्ने टुंगो भएको छैन ।

बहादुर सिंह लामा नै उठ्न सक्ने सम्भावना रहेको एक कांग्रेस नेताले बताए । 
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार