बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
समाचार

नागढुङ्गा सुरुङमार्गको काम छिटो सकेर सञ्चालनको तयारी गर्न मन्त्री दाहालको निर्देशन

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, १३ साउन, २०८२ मा प्रकाशित
नागढुङ्गा सुरुङमार्गको काम छिटो सकेर सञ्चालनको तयारी गर्न मन्त्री दाहालको निर्देशन
काठमाडौं, साउन १३ :

भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले नागढुङ्गा सुरुङमार्गको काम छिटो सक्न निर्देशन दिएका छन् । 

मन्त्री दहालले मंगलबार बिहान सुरुङ मार्गको स्थलगत निरीक्षणपछि बाँकी काम छिटो सकेर सञ्चालनको तयारी गर्न निर्देशन दिएका हुन् । उनी सुरुङ मार्गको पछिल्लो अवस्था र प्रगतिबारे जानकारी लिन सडक विभागका अधिकारीहरुसहित त्यहाँ पुगेका थिए ।

निरीक्षण गर्न सँगै गएका सडक विभागका महानिर्देशक विजय जैशीले सुरुङमार्गको संरचना पूरा भएको बताए । उनले पहिरोको जोखिम रहेको स्थानमा छिटो सक्नेगरी काम तीव्र रुपमा अगाडि बढिरहेको जानकारी दिए ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार