बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो#नेपाल बार एसोसिएसन#अध्यक्ष प्राडा. विजयप्रसाद मिश्र#मन्त्री सोविता गौतम#मेलमिलापकर्ता#न्यायाधीश#दुर्घटना #कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो#नेपाल बार एसोसिएसन#अध्यक्ष प्राडा. विजयप्रसाद मिश्र#मन्त्री सोविता गौतम#मेलमिलापकर्ता#न्यायाधीश#दुर्घटना
समाचार विदेश

थाइल्याण्ड र कम्बोडियाबीचको युद्ध अन्त्यका लागि आज वार्ता हुदै, दुबै देशका प्रधानमन्त्री सहभागी हुने

· सोमबार, १२ साउन, २०८२ मा प्रकाशित
थाइल्याण्ड र कम्बोडियाबीचको युद्ध अन्त्यका लागि आज वार्ता हुदै, दुबै देशका प्रधानमन्त्री सहभागी हुने
काठमाडौं, साउन १२ :

थाइल्याण्ड र कम्बोडियाले पाँच दिनदेखि जारी द्धन्द्ध अन्त्य गर्न आज मलेसियामा वार्ता गर्दैछन् ।

जारी द्धन्द्ध अन्त्य गर्न वार्ताका लागि दुबै देशले हिजो सहमति गरेका हुन् ।

थाइल्याण्डका कार्यवाहक प्रधानमन्त्री फुमथाम वेचायाचाइको नेतृत्वमा प्रतिनिधिमण्डल वार्तामा सहभागी हुने थाइल्याण्डले घोषणा गरेको छ ।

यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत शनिबार दुबै देशका नेताहरुलाई फोन गरी तत्काल युद्धविरामको लागि दबाब दिएका थिए।

कम्बोडियाका प्रधानमन्त्री हुम मानेट पनि वार्तामा सहभागी हुने थाई सरकारले जानकारी दिएको मलेसियाले जनाएको छ ।

२४ जुलाईदेखि सिमा क्षेत्रमा झडप सुरु भएयता कम्तिमा ३३ जना सैनिक र सर्वसाधारणको मृत्यु भइसकेको छ ।  हजारौं थाई र कम्बोडियाली नागरिक विस्थापित भएका छन्।

थाइल्याण्ड र कम्बोडिया दुबै पक्षले पहिलो प्रहार गरेको भनी ए अर्कालाई आरोप लगाएका छन्। झडपको सुरुवात कम्बोडियाली सेनाले सीमा नजिक थाई सेनामाथि निगरानी गर्न ड्रोन प्रयोग गरेपछि भएको थाइल्याण्डको भनाई छ।

उता कम्बोडियाले पनि थाई सैनिकहरूले पहिल्यैको एक सहमति उल्लंघन गर्दै एक खमेर-हिन्दू मन्दिरतर्फ अगाडि बढेको आरोप लगाएको छ ।

थाइल्याण्ड र कम्बोडियाबीचको यो सीमा विवाद सय वर्षभन्दा बढी पुरानो हो। यो विवाद तब सुरु भएको थियो जब फ्रेन्च उपनिवेशकालपछि दुबै देशको सीमा निर्धारण गरिएको थियो।

त्यस बेलादेखि नै केही क्षेत्रहरूमा स्वामित्वको दाबीको विषयले विवाद जन्माइरहेको छ।

 

 

 

 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार