शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
राजनीति

प्रचण्ड परिवर्तनका ब्रान्ड हुन्, तर आफूलाई थप रूपान्तरण गर्न आवश्यक छ : वर्षमान पुन

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शनिबार, १० साउन, २०८२ मा प्रकाशित
प्रचण्ड परिवर्तनका ब्रान्ड हुन्, तर आफूलाई थप रूपान्तरण गर्न आवश्यक छ  : वर्षमान पुन
काठमाडाैं, साउन १० :

 नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई परिवर्तन र संघर्षको ‘राजनीतिक ब्रान्ड’ भन्दै सबै दोष उनैको टाउकोमा थोपरेर बाँकी नेताहरू उम्कन नहुने बताएका छन्।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै पुनले प्रचण्डकै नेतृत्वमा सशस्त्र द्वन्द्व, शान्ति प्रक्रिया र संविधान निर्माण सम्पन्न भएको भन्दै समाजवादको आधार तयार पार्न अझै केही समय उनको नेतृत्व आवश्यक रहेको बताए।

‘प्रचण्डको ब्रान्ड भ्यालु अझै कायम छ। हामीले उहाँलाई ब्रान्डका रूपमा स्थापित गरेका छौं,’ भन्दै उनले प्रचण्डले पनि आफूलाई थप रूपान्तरण गर्नुपर्ने सुझाव दिए।

पुनले पटक–पटक मन्त्री, सांसद भइसकेका नेताहरूले विगतका कमजोरीको जिम्मेवारी लिनुपर्ने भन्दै आत्मालोचना गरेर सुधार गर्नुपर्ने धारणा राखे।

अन्य दलको तुलनामा माओवादी केन्द्रका नेताहरू मुलुकप्रति बढी इमानदार रहेको दाबी गर्दै उनले आलोचनात्मक आत्मसमीक्षासँगै अगाडि बढ्नुपर्ने आवश्यकता पनि औँल्याए।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार