बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो#नेपाल बार एसोसिएसन#अध्यक्ष प्राडा. विजयप्रसाद मिश्र #संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो#नेपाल बार एसोसिएसन#अध्यक्ष प्राडा. विजयप्रसाद मिश्र
समाचार विदेश

पूर्वी युक्रेनमा भएको आक्रमणमा रेडक्रसका तीन कर्मचारीको मृत्यु

· बिहीबार, २८ भदौ, २०८१ मा प्रकाशित
पूर्वी युक्रेनमा भएको आक्रमणमा  रेडक्रसका तीन कर्मचारीको मृत्यु
काठमाण्डौं, भदौ २८ :

रेडक्रसको अन्तर्राष्ट्रिय समिति आईसीआरसीले पूर्वी युक्रेनमा भएको आक्रमणमा तीन जना आफ्ना कर्मचारीको मृत्यु भएको जनाएको छ । दुई जना घाइते भएका छन् । 

युक्रेनको डोनेट्स्क शहरको उत्तरमा रहेको विरोलिउबिभका गाउँमा काठ र कोइलाको ब्रिकेट वितरण गर्ने तयारी गरिरहेका बेला आक्रमण भएको बताईएको छ । आक्रमणबाट स्थानीयहरु भने सुरक्षित रहेको बताईएको छ ।

आक्रमण कस्ले गरेको हो अझै पहिचान हुन नसकेको आईसीआरसीले जनाएको छ । 

यसअघि युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले मारिएकाहरू युक्रेनी भएको र आक्रमणका लागि मस्कोलाई दोषी ठहर गर्दै यसलाई "अर्को रुसी युद्ध अपराध" भनी प्रतिक्रिया दिएकाछ छन् ।स्पष्ट रुपमा चिन्ह लगाईएका गाडी जलेको अवस्थामा देख्न सकिन्छ जुन डोनेट्स्कको फ्रन्टलाइन क्षेत्रमा नियमित रूपमा सञ्चालन भईरहेका थिए ।

एजेन्सीका अध्यक्ष मिर्जाना स्पोलजारिकले रेडक्रसका कर्मचारीहरूमाथि भएको आक्रमणको कडा शब्दमा निन्दा गरेका छन्। 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार