शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#गोकर्णबाट पक्राउ#सुजन तामाङ#एसएसपी दिलीप घिमिरे#जेन्जी नागरिक अभियान#आनी छोइङ डोल्मा#यमपञ्चक#भाइटीका#सुनचाँदी#मूल्यमा उतारचढाव#राष्ट्रपतिसँग सभामुखको भेटवार्ता#कालीगण्डकी करिडोर सडक#सुक्खा पहिरो खस्दा सडक अवरुद्ध#कुकुरसहित प्रहरीको चेकिङ#मादल#पेसा ‘सङ्कटमा’#रनधता पोखरेलको निधन#काठमान्डु गोर्खाज#सानदार जित #गोकर्णबाट पक्राउ#सुजन तामाङ#एसएसपी दिलीप घिमिरे#जेन्जी नागरिक अभियान#आनी छोइङ डोल्मा#यमपञ्चक#भाइटीका#सुनचाँदी#मूल्यमा उतारचढाव#राष्ट्रपतिसँग सभामुखको भेटवार्ता#कालीगण्डकी करिडोर सडक#सुक्खा पहिरो खस्दा सडक अवरुद्ध#कुकुरसहित प्रहरीको चेकिङ#मादल#पेसा ‘सङ्कटमा’#रनधता पोखरेलको निधन#काठमान्डु गोर्खाज#सानदार जित
समाचार राजनीति

‘स्वदेशी जनशक्ति उत्पादन गरेर मात्रै हवाई सेवालाई थप व्यवस्थित गर्न सकिन्छ’

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, ८ साउन, २०८२ मा प्रकाशित
‘स्वदेशी जनशक्ति उत्पादन गरेर मात्रै हवाई सेवालाई थप व्यवस्थित गर्न सकिन्छ’
काठमाडौं, साउन ८ :

नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले स्वदेशी जनशक्ति उत्पादन गरेर मात्रै हवाई सेवालाई थप व्यवस्थित गर्न सकिने बताएका छन् ।

अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा उनले यस्तो बताएका हुन् । समितिमा बिहीबार नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१ माथिको छलफल भएको हो । छलफलका क्रममा पाण्डेले जनशक्ति उत्पादन र प्रशिक्षण गरेर मात्रै हवाई सेवा प्रभावकारी बनाउन सकिने बताए ।

उनले प्रशिक्षण गरेर जनशक्ति उत्पादन गर्दा नेपालकै जनशक्ति उत्पादन गर्नु आवश्यक रहेको पनि बताए । जनशक्तिमा परनिर्भर हुनुपर्ने बाध्यता अब हटाउनुपर्ने उनको भनाइ छ ।

‘जनशक्ति उत्पादन र प्रशिक्षण गरी बल्ल हवाई सेवालाई प्रभावकारी भन्दा राम्रो हुन्छ । प्रशिक्षण गरेर जनशक्ति उत्पादन गर्ने हो । तर यसमा आफ्नो देशको जनशक्ति उत्पादन होस् । यो कुरा प्रस्तावनामै केन्द्रित होस्,’ उनले भने, ‘समग्र विधेयकमा यो कुरा आओस् । हामी जनशक्ति उत्पादनमा परनिर्भर हुने विषयवस्तु छ । आफ्नो जनशक्ति बनाउनुपर्छ ।’

प्रमुख सचेतक पाण्डेले मन्त्रीकै नेतृत्वमा हवाई सेवा प्राधिकरण बन्दा थप व्यवस्थित र प्रभावकारी हुने प्रस्ताव पनि राखे ।
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार