बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
समाचार विदेश

भाकपा (मार्क्सवादी) का नेता सीताराम यचुरीको निधन

· बिहीबार, २८ भदौ, २०८१ मा प्रकाशित
भाकपा (मार्क्सवादी) का नेता सीताराम यचुरीको निधन
काठमाडौँ, भदौ २८ :

भारतीय कम्युनिष्ट पार्टी (मार्क्सवादी) का महासचिव सीताराम येचुरीको बिहीबार निमोनियाका कारण निधन भएको छ । 

    उहाँलाई अगस्ट १९ मा दिल्लीको एम्समा भर्ना गरिएको थियो । उहाँलाई पहिला आपत्कालीन वार्डमा भर्ना गरिएको थियो र फेरि गहन चिकित्सा एकाइ (आइसियु) मा स्थानान्तरण गरिएको थियो । 

    सिपिआई (एम) का नेता हन्नान मोल्लाले भन्नुभयो, “सिपिआई (एम) का महासचिव सीताराम येचुरी रहनुभएन, उहाँलाई एम्समा भर्ना गरिएको थियो ।”

    उहाँले येचुरी लोकतन्त्र, धर्मनिरपेक्षता, एकता र मुलुकको एकताबद्ध प्रगतिको पक्षमा बलियो आवाज हुनुहुन्थ्यो भन्नुभयो । 

    बहत्तर वर्षीय येचुरीको आज दिउँसो स्थानीय समयानुसार ३ः०५ बजे निधन भएको एम्सले पुष्टि गरेको छ ।  परिवारले उहाँको शरीर शिक्षण र अनुसन्धान उद्देश्यका लागि एम्स, नयाँदिल्लीलाई दान गरेको छ । 

    बत्तीस वर्षसम्म सिपिएम पोलिटब्युरोमा रहनुभएका र सन् २०१५ देखि पार्टीको महासचिवका रूपमा काम गर्नुभएका येचुरी प्रमुख भारतीय राजनीतिज्ञ हुनुहुन्थ्यो । यसबाहेक उहाँले सन् २००५ देखि सन् २०१७ सम्म भारतीय संसद्को माथिल्लो सदन राज्यसभामा पश्चिम बङ्गालको प्रतिनिधित्व गर्नुभएको थियो ।

    यसैबीच भारतीय कम्युनिष्ट पार्टी (मार्क्सवादी) ले आफ्नो महासचिव येचुरीको निधनमा श्रद्धाञ्जलि अर्पण गर्दै दिल्लीस्थित आफ्नो पार्टीको झन्डा आधा झुकाएर शोक व्यक्त गरेको छ ।

 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार