ढाका, साउन ६ :

बंगलादेश विमान दुर्घटनामा मृत्यु हुनेको संख्य २७ पुगेको छ । मृतक २७ जनामध्ये २५ जना बालबालिका, एक जना पाइलट र एक जना शिक्षक छन् ।

स्कुलमाथि भएको दुर्घटनाका कारण बालबालिको संख्या बढी भएको हो । मङ्गलबार परिवारहरू र शिक्षकहरू भेला भएर शोक प्रकट गरेका छन् । यो दशकौँको सबैभन्दा घातक विमान दुर्घटना हो ।

चिनियाँ निर्मित एफ–७ बिजेआई विमान माइलस्टोन स्कुल एन्ड कलेजमा खसेको बेला अधिकांश पीडित विद्यार्थीहरू भर्खरै कक्षाबाट बाहिर निस्किएका थिए । घाइते ७८ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

बंगलादेशका अन्तरिम नेता मुहम्मद युनुसले यस घटनामा गहिरो शोक र दुःख व्यक्त गर्दै एक दिनको राष्ट्रिय शोक घोषणा गरेका छन् ।