वैदेशिक रोजगारमा बेरोजगार युवायुवतीलाई विभिन्न देश पठाइदिने भन्दै २३ लाख ८५ हजार ठगी गरेको अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।
पक्राउ पर्नेमा सिरहाको सिरहा नगरपालिका- ७ घर भई हाल काठमाडौँ महानगरपालिका- ९ सिनामङ्गल बस्ने ३० वर्षीय सुशान्त सिंह, कपिलवस्तुको कृष्णनगर नगरपालिका- ११ घर भई काठमाडौँ सिनामङ्गल बस्ने ३६ वर्षीय सल्लउदिन वेग तथा तेह्रथुमको फेदाप गाउँपालिका- ८ घर भई हाल बुढानीलकण्ठ नगरपालिका- ८ हात्तीगौँडा बस्ने ५३ वर्षीय राजु दाहाल रहेका छन् ।
पक्राउ परेका मध्ये सिंहले दुई जनालाई दुबई पठाउने भन्दै आठ लाख ४० हजार, वेगले दुई जनालाई कुवेत पठाउने भन्दै सात लाख २० हजार तथा दाहालले तीन जनालाई क्रोएसिया पठाउने भन्दै आठ लाख २५ हजार रकम लिई विदेश नपठाई सम्पर्क विहिन भएको पीडितको उजुरीका आधारमा प्रहरीले काठमाडौँका विभिन्न स्थानबाट पक्राउ गरी आज सार्वजनिक गरेको हो ।
पक्राउ परेका तीनै जनालाई थप अनुसन्धान तथा कारवाहीका लागि आजै वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिनुभयो ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
थप समाचार
कांग्रेसले भन्यो- पार्टी र नेतृत्वविरुद्ध सरकारले भ्रम सिर्जना गर्यो, कडा प्रतिवाद गर्ने चेतावनी
सरकारलाई रवि लामिछानेको सुझाव : अपरिपक्वताको प्रश्न उठ्ने काम नगर्नू
एनपीएल क्रिकेट : लुम्बिनीको अपराजित यात्रा कायमै