काठमाण्डौँ , भदौ २८ :

एन्फा महिला लिग फुटबलमा आजको पहिलो खेलमा त्रिभुवन आर्मी क्लब र बागमती युथ क्लबबीच प्रतिस्पर्धा हुने भएको छ।

यि दुई टोलीको खेल दिउँसो १२: ३० बजे शुरु हुने छ ।

त्यस्तै, आजको दोस्रो खेलमा वालिङ नगरपालिका र सशस्त्र प्रहरीको एपीएफ क्लब खेल्दै छन् ।

यो खेल दिउसो ३ः ३० बजे शुरु हुने छ ।

यि चारै टिमको खेल अखिल नेपाल फुटबल सङ्घ (एन्फा) कम्प्लेक्सको मैदानमा हुनेछन्।