बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
समाचार शिक्षा

अखिल क्रान्तिकारीको आह्वानमा आज शैक्षिक संस्था बन्द

· शुक्रबार, २ साउन, २०८२ मा प्रकाशित
अखिल क्रान्तिकारीको आह्वानमा आज शैक्षिक संस्था बन्द
काठमाडौं, साउन २ :

अखिल क्रान्तिकारीको आह्वानमा आज शैक्षिक संस्था बन्द गरिएका छन् ।

अधिकांश शैक्षिक संस्थाहरु बन्द  हुँदा विद्यार्थी तथा अभिभावक र स्वयं विद्यालयहरू अन्योलमा परेका छन् ।

शिक्षा ऐनको बिषयलाई लिएर अखिल क्रान्तिकारीले आज एक दिन विद्यालय बन्द गर्न आह्वान गरेको हो । आज बिहान अबेर विद्यालय बन्दको अचानक जानकारी आएपछि  विद्यालय पठाउन तयार भएका अभिभावकहरु र विद्यार्थीहरू समस्यामा परेका थिए । कतिपय विद्यालयले भने हिजो बेलुका नै एसएमएस पठाएर जानकारी गराएका थिए ।

कतिपय विद्यालयहरूमा त अहिले परीक्षा सञ्चालन भइरहेका छन् ।

अखिल क्रान्तिकारीले निःशुल्क,समान र वैज्ञानिक शिक्षाको कार्यान्वयन हुने गरी यथाशीघ्र शिक्षा ऐन जारी गर्न माग गर्दै आएको छ ।  सोही सिलसिलामा आज आम शैक्षिक हट्ताल आह्वान गरिएको हो ।  

 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार