शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण#नेपाल पत्रकार महासंघ#राष्ट्रपतिको ध्यानाकर्षण#टिपर सञ्चालनमा रोक#सभापति रवि लामिछाने#सर्वोच्च अदालतमा दर्ता#दानबहादुर कार्की#गोकर्णबाट पक्राउ#सुजन तामाङ#एसएसपी दिलीप घिमिरे#जेन्जी नागरिक अभियान#आनी छोइङ डोल्मा#यमपञ्चक#भाइटीका#सुनचाँदी#मूल्यमा उतारचढाव #प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण#नेपाल पत्रकार महासंघ#राष्ट्रपतिको ध्यानाकर्षण#टिपर सञ्चालनमा रोक#सभापति रवि लामिछाने#सर्वोच्च अदालतमा दर्ता#दानबहादुर कार्की#गोकर्णबाट पक्राउ#सुजन तामाङ#एसएसपी दिलीप घिमिरे#जेन्जी नागरिक अभियान#आनी छोइङ डोल्मा#यमपञ्चक#भाइटीका#सुनचाँदी#मूल्यमा उतारचढाव
समाचार

संस्कृति समाजको प्राण हो : पर्यटनमन्त्री पाण्डे

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, ३२ असार, २०८२ मा प्रकाशित
संस्कृति समाजको प्राण हो : पर्यटनमन्त्री पाण्डे
काठमाडौं, असार ३२ :

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले संस्कृति समाजको प्राण भएको बताएका छन् ।

काठमाडौंमा बुधबार राष्ट्रिय पुरस्कार वितरण कार्यक्रममा उनले संस्कृति अमूर्त विषय भएको र यसभित्रै शक्ति र समाजको प्राण रहेको बताए । उनले संस्कृति नभएको समाज नहुने र समाजको पहिचान संस्कृतिमै रहने बताए ।

संस्कृतिले बोकेको साहित्य र दर्शन अनुपम रहेको उनले उल्लेख गरे । आफू मन्त्री बनेको एक वर्ष पुगेको भन्दै उनले यसबीचमा संस्कृति र प्रकृतिलाई चलायमान बनाउने प्रयास गरेको बताए । नागरिक उड्डयन क्षेत्र सुचारु, गतिशील बनाउन आफू लागिपरेको पनि बताए ।

‘संस्कृति एउटा अमूर्त विषय हो । तर यसैभित्र शक्ति छ, यसैभित्र प्राण छ । संस्कृति भनेको प्रत्येक समाजको प्राण तत्त्व हो । यदि संस्कृति छैन भने त्यो समाज छैन भनेर बुझ्दा हुन्छ । त्यो समाजको पहिचान छैन भन्ने बुझ्दा हुन्छ ।  संस्कृतिले बोकेको साहित्य र दर्शन अनुपम छ । त्यो दुनियाँका लागि दर्शनीय छ । हाम्रो पर्यटन विविधतापूर्ण छ,’ उनले भने ।

मन्त्री पाण्डेले सुधारका कुराहरु छायामा पारेर नकारात्मक कुरा मात्रै गर्ने काम गलत भएको बताए । मन्त्रालयले सुधारका विभिन्न योजनासहित काम गरिरहेको उनको भनाइ छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार