शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण#नेपाल पत्रकार महासंघ#राष्ट्रपतिको ध्यानाकर्षण#टिपर सञ्चालनमा रोक#सभापति रवि लामिछाने#सर्वोच्च अदालतमा दर्ता#दानबहादुर कार्की#गोकर्णबाट पक्राउ#सुजन तामाङ#एसएसपी दिलीप घिमिरे#जेन्जी नागरिक अभियान#आनी छोइङ डोल्मा#यमपञ्चक#भाइटीका#सुनचाँदी#मूल्यमा उतारचढाव #प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण#नेपाल पत्रकार महासंघ#राष्ट्रपतिको ध्यानाकर्षण#टिपर सञ्चालनमा रोक#सभापति रवि लामिछाने#सर्वोच्च अदालतमा दर्ता#दानबहादुर कार्की#गोकर्णबाट पक्राउ#सुजन तामाङ#एसएसपी दिलीप घिमिरे#जेन्जी नागरिक अभियान#आनी छोइङ डोल्मा#यमपञ्चक#भाइटीका#सुनचाँदी#मूल्यमा उतारचढाव
राजनीति

असोज ३ गतेभित्र एनटिभी वर्ल्ड सञ्चालनमा ल्याउन मन्त्री गुरुङको निर्देशन

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, ३० असार, २०८२ मा प्रकाशित
असोज ३ गतेभित्र एनटिभी वर्ल्ड सञ्चालनमा ल्याउन मन्त्री गुरुङको निर्देशन
काठमाडौं, असार ३० :

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सार्वजनिक सेवा प्रसारण नेपालको ‘एनटिभी वर्ल्ड’ असोज ३ गतेभित्रै सञ्चालन गर्न निर्देशन दिएका छन् ।

सिंहदरबारस्थित नेपाल टेलिभिजनमा पुगेर उनले एनटिभी वर्ल्डको तयारी भइरेहकोमा निरीक्षण गर्दै व्यवस्थपानलाई आवश्यक निर्देशनात्मक सुझाव दिएका हुन् । मन्त्री गुरुङले एनटिभी वर्ल्डले विश्वमा नेपाल जोड्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने उल्लेख गर्दै यसको सञ्चालनमा छिटो जोड दिनुपर्ने बताए ।

सञ्चार मन्त्रालयका सचिव राधिका अर्यालले नेपालको मौलिकता र विशेषतालाई कायम राख्ने गरी एनटिभी वर्ल्डका कार्यक्रमहरु प्रस्तुत गर्न सुझाव दिइन् । साथै उनले विश्वसामु नेपालको पहिचान स्थापित गर्ने विषयमा जोड दिन आग्रह गरिन् ।  

पिएसबीका अध्यक्ष डा महेन्द्र विष्टले एनटिभी वर्ल्डको मर्म र उद्देश्यपूर्ति गर्न व्यवस्थापनमा खटिएको बताए । यसका लागि मन्त्रालयको सहकार्यले नै कार्य सम्पादनमा सघाउ पुगेको उनले जानकारी दिए । सीमित स्रोत र साधनका बीच एनटिभी वर्ल्डलाई विश्वसामु लायक बनाउन प्रयत्नरत हुने उनको प्रतिबद्धता छ ।

कार्यक्रममा डा टङ्क उप्रेतीले एनटिभी वर्ल्ड सञ्चालनको पूर्वतयारीबारे कार्यपत्र प्रस्तुत गरेका थिए । उनको प्रस्तुतिमा एनटिभी वर्ल्ड सञ्चालनको ढाँचा, सामग्री र रचनात्मक संरचनामा केन्द्रित थियो ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार