
लन्डन, असार ३० :
सानो विमानमा आगलागी भएपछि लन्डनको साउथेन्ड विमानस्थल अर्को सूचना नभएसम्मका लागि बन्द गरिएको छ ।
साउथेन्ड-अन-सीमा १२ मिटर लामो विमानमा आइतबार आगलागी भएको बीबीसीले समाचारमा जनाएको छ ।
दुर्घटनामा अहिलेसम्म कुनै हताहत भएको पुष्टि भएको छैन ।
विमानस्थल प्रशासनले अर्को सूचना नभएसम्म उडानहरू स्थगित रहने र यात्रुलाई यसबारे थप जानकारी गराइने जनाएको छ ।
उनीहरूले सोमबार यात्रा गर्ने योजना बनाइरहेका मानिसहरूलाई आफ्नो एयरलाइन्समा सम्पर्क गर्न सल्लाह दिएका छन् ।
डच कम्पनी ज्युस एभिएसनले दुर्घटनाग्रस्त उडान एसयूजेडवान भएको पुष्टि गरेको छ ।
कम्पनीले अनुसन्धानमा आफूहरुले पूर्ण सहयोग गरिरहेको जनाएको छ । ‘घटनाबाट प्रभावित सबैप्रति हाम्रो समवेदना छ,’ कम्पनीले भनेको छ ।